×

अपराधमा युवा संलग्नता

समाजको डरलाग्दो चित्र : जघन्य अपराधमा युवा र किशोर सहभागिता सबैभन्दा बढी !

विराटनगर | असोज १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गत साउन ५ गते साँझ सवा ५ बजेतिर इटहरी उपमहानगरपालिका– २० सेउती पुलनजिकको जंगलमा विराटनगर महानगरपालिका– ५ का २८ वर्षीय रोहित चौधरी र उनीसँगै रहेकी एक युवतीमाथि लुटपाट भयो ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

रोहितले प्रतिकार गर्न खोज्दा लुटेरा समूहले उनलाई गोली हानेर घाइते बनाए । घाइते रोहितको सोही दिन उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो । रोहितको हत्या भएको १२ दिनपछि प्रहरीले गिरोहका मुख्यनाइके दीपक तिम्सिनासहित ६ जनालाई पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
shivam ISLAND

प्रहरीले लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना, धरान– १४ का ३४ वर्षीय अनसन तामाङ, विराटनगर १५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका १ घर भई धरान उपमहानगरपालिका– ८ मा बस्दै आएका प्रकाश लिम्बू र धरानका ३१ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको थियो ।


Advertisment
MAW JCB

पक्राउ परेका अभियुक्तहरू चारकोसे झाडीमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहका सदस्य रहेको खुलेको थियो । अहिले उनीहरू पुर्पक्षका लागि थुनामा छन् ।
....

Vianet communication
Laxmi Bank

सुनसरीको बर्जुमा ड्युटीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण गरेर हतियार लुट्ने ७ जनाको समूहलाई मोरङ प्रहरीले पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा उनीहरू मोरङ र सुनसरीका विभिन्न स्थानमा श्रृंखलाबद्ध लुटपाटमा संलग्न रहेको खुल्यो । 

आपराधिक घटनामा संलग्न भएको अभियोगमा कैद भुक्तान गरी निस्किएपछि फेरि आपराधिक गतिविधिमा संलग्न भएका उनीहरूले मोरङ र सुनसरीका ११ स्थानमा लुटपाट गरेको पुष्टि भयो । प्रहरीले सुनसरीको दुहबी नगरपालिका– ४ का ३२ वर्षीय नसुद्दिन मियाँ, सोही ठाउँका ३० वर्षीय मो. अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका– ४ बस्ने ४० वर्षीय रिजवन मियाँ, भारत घर भई हाल दुहवी नगरपालिका ६ बस्ने ४० वर्षीय मो. आलम, बुढीगंगा गाउँपालिका ५ का २१ वर्षीय मो. नजरूल मियाँ र सोही ठाउँका २५ वर्षीय सिजाम आलमलाई पक्राउ गरेको थियो ।
....

२०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका– २० मा एक्लै बस्दै आएकी ६४ वर्षीया पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा साँगुरीगढी गाउँपालिका– ८ घर भई धरान बस्दै आएका १८ वर्षीय निखिल भन्ने नकुल राई र भोक्राहा नर्सिङ गाउँपालिकाका २० वर्षीय रञ्जितकुमार साहलाई पक्राउ गर्‍यो । हत्याको पाँच दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

वृद्धा महिलाले लगाएको सुन लुट्ने नियतले धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानका क्रममा खुल्यो । लागूऔषधका प्रयोगकर्ता निखिलले वृद्धाको हत्या गरेको प्रमाणहरू भेटिएपछि उनीहरू अहिले पुर्पक्षका लागि थुनामा छन् ।
....

घरायसी विवादका कारण सुनसरीको इटहरीमा नातामा ज्वाइँ पर्ने ४३ वर्षीय रामकुमार भुजेलले जेठानको हत्या गरे । इटहरी ५ सिमरवनाका ३८ वर्षीय भुवन चौधरीको हत्या भुजेलले इटहरी ६ का २७ वर्षीय वेदप्रकाश मण्डलसँग मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

हत्या आरोपमा सुनसरी प्रहरीले उनीहरूलाई असोज २४ गते पक्राउ गरेको थियो । भुजेल र मण्डलले इटहरी– ६ नेसनल गल्ली प्रवेश गर्ने स्थानमा चौधरीलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
 
यी घटनाका अभियुक्तहरू अधिकांश युवा छन् । प्रायको उमेर ३५ वर्षभन्दा कम छ । तीमध्ये केहीले प्रेम, केहीले तत्कालीन आवेग त केहीले आर्थिक कारणले जघन्य अपराधको बाटो रोजेको प्रहरी अनुसन्धानहरूले देखाएका छन् ।

कोशी  प्रदेश प्रहरी कार्यालय, विराटनगरको तथ्याङ्कमा पछिल्ला वर्षमा अपराधमा युवाको संलग्नता डरलाग्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा जघन्य प्रकृतिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । प्रहरीको अभिलेखअनुसार ८ हजार ३१६ आपराधिक घटना प्रदेशभरि घटेका थिए, जसमा १ हजार ६२३ जघन्य अपराधका घटना भएका छन् । ती घटनामा संलग्न १ हजार ४११ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी २०७५/७६ को अभिलेखअनुसार जघन्य प्रकृतिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । गत आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामा ७ हजार ६९१ वटा आपराधिक घटना घटेका थिए, जसमध्ये जघन्य अपराधका घटना ९९८ वटा छन् । प्रहरीले जघन्य अपराधमा संलग्न १ हजार २४ जना पुरुष तथा ५७ जना महिलासमेत गरी १ हजार ८१ जनालाई पक्राउ गरेको थियो ।

प्रदेश प्रहरीको अभिलेखअनुसार जघन्य अपराधमा एक हजार ८१ जना पक्राउ परेकामध्ये ३२६ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् । त्यस्तै २६ देखि ३५ वर्षसम्मका ४ सय ८७ जना, ३६ देखि ४५ वर्ष उमेरका १९० जना छन् । ४६ देखि ६० वर्षका ७४ जना, ६० वर्षमाथिका १ जना र १६ वर्षमुनिका ३ जना रहेका देखिन्छन् ।

यस प्रदेशमा कर्तव्य ज्यान, जबरजस्तीकरणी, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना तथा लागूऔषधमा संलग्नहरूमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा कर्तव्य ज्यानका १३८ मुद्दामध्ये १०४ जना १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता पाइएको थियो । जबरजस्ती करणीमा पनि चालू आर्थिक वर्षमा १ सय ६० वटा मुद्दामध्ये ९२ वटा मुद्दामा युवाहरू संलग्न छन् ।

यसैगरी ज्यान मार्ने उद्योगका ८४ वटा घटनामा ५५ जना युवा संलग्न पाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ९१ वटा मुद्दा दर्ता भएकामध्ये १०६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । कर्तव्य ज्यान मुद्दामा १६८ पुरुष र १० महिला पक्राउ परेका छन् । 

आर्थिक वर्ष ०७७/०७८ मा ७ हजार ३८४ मुद्दा दर्ता भएकामध्ये ३ हजार ७ सय ३९ वटा फर्छौट भएको प्रहरीको अभिलेखमा देखिन्छ, जसमध्ये कर्तव्य ज्यान मुद्दामा १४३ मुद्दा दर्ता हुँदा १६७ जना पुरुष र ३० जना महिला पक्राउ परेको छन् । आर्थिक वर्ष २०७९/०८० मा ८ हजार ८ हजार ७१९ वटा मुद्दा दर्ता भएको छ  । दर्ता भएकामध्ये २ हजार ७७३ मुद्दा फर्छौट भएका छन् ।

डिग्री क्याम्पस समाजशास्त्रका सह–प्राध्यापक डिल्लीराज प्रसाईंले सामाजिक विचलनका कारण युवापुस्तामा आपराधिक मनोवृत्ति बढ्दै गएको बताए ।

‘किशोरहरूमा अचानक स्वभाव परिवर्तन भै रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र अश्लील चलचित्र हेर्ने बानीले गलत बाटो अवलम्बन गरिरहेका छन्’, उनले भने ।

युवा अवस्थामा एक्लै वा ढोका थुनेर बस्ने बानीप्रति अभिभावक सचेत हुन जरुरी रहेको उनको भनाइ छ । प्रहरीले खुन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागूऔषध, अपहरण, हातहतियार तथा खरखजना, मानव बेचबिखन तथा ओसारपसार, जबरजस्तीकरणी र विस्फोटक पदार्थजस्ता ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ । डाँकाचोरीबाहेक सबै किसिमका अपराध बढेको तथ्यांकले देखाउँछ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २४, २०८०

मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका ४ जनाको हत्यामा संलग्न रहेको आरोपमा दुई पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय मुगुले उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

भिजिट भिसामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनि...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x