३२ असार २०८३, बिहीबार

बाराको निजगढमा कांग्रेस–माओवादी गठवन्धन विजयी

कात्तिक २०, २०७४
बाराको निजगढमा कांग्रेस–माओवादी गठवन्धन विजयी

बारा, ६ असोज– बाराको निजगढ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धन विजयी भएको छ ।

बाराको मेयरमा कांग्रेस–माओवादी गठवन्धनबाट कांग्रेसका उम्मेदवार सुरेशकुमार शाह ७६४८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नेकपा एमालेका यमबहादुर खड्काले ६८१८ मत प्राप्त गरे ।

निजगढको उपमेयरमा भने नेकपा एमालेकी लीलादेवी लामिछाने विजयी भएकी छन् । उनले ६७७३ मत ल्याउँदा कांग्रेस–माओवादी गठवन्धनबाट माओवादीकी उम्मेदवार बेनीबहादुर मोक्तानले ६३७६ मतमै चित्त बुझाउनु पर्यो ।

salt training

कमेन्ट गर्नुहोस्