०३ साउन २०८३, आइतबार

एपेक्स कलेज र आईएनजीबीच साझेदारी

कात्तिक ३, २०८०
काठमाडौं
एपेक्स कलेज र आईएनजीबीच साझेदारी

​एपेक्स कलेज र इन्नोभेट नेपाल ग्रुप (आईएनजी)बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालकै समय सापेक्ष नवीनतम् व्यवस्थापन र आईटी पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय अभ्याससहितको अध्यापन गराइने छ ।​

आईएनजीको नेतृत्वमा अन्तर्राष्ट्रिय पद्धति र अभ्याससहितको नवीनतम् व्यवस्थापन र आईटी पाठ्यक्रम सम्मिलित अध्यापन गराइने एक विज्ञप्तिमार्फत एपेक्स कलेजले जनाएको छ ।

कलेजका अनुसार नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने कार्यको नेतृत्व गर्दै आएका दुई संस्थाहरूबीचको यो साझेदारीले एपेक्स कलेजमा उपलब्ध हुने सिकाइ, प्रविधि, माध्यम र स्रोतसाधनको थप विस्तार हुने छ ।

साथै नयाँ साझेदारीपछिको अध्यापनले बजार सुहाउँदो, युवामैत्री र अविस्मरणीय कलेज अनुभव प्रदान गर्ने र नेपालमै उच्च शिक्षाको उन्नतिलाई सघाउ पुग्ने कलेजको विश्वास छ ।

सन् २००० मा डा. मिनेन्द्र रिजालको नेतृत्वमा रहेको समूहले मानव पुँजी विकास गर्ने उद्देश्य राखेर स्थापना गरेको एपेक्स कलेजले नेपालको व्यवस्थापन शिक्षाका साथै समग्र शैक्षिक क्षेत्रमै दीर्घकालीन छाप छोड्न सफल रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्