०५ साउन २०८३, मंगलबार

जगदम्बा मोटर्सद्वारा महाएक्स्चेन्ज महोत्सव : उमंगै उमंग, १० लाख जित्ने अवसर

कात्तिक २१, २०८०
काठमाडौं
जगदम्बा मोटर्सद्वारा महाएक्स्चेन्ज महोत्सव : उमंगै उमंग, १० लाख जित्ने अवसर

नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको छ ।​

महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोबेम्बर ७ देखि ११ सम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।

महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफआई सई पनि सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महाउत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो ।​​

महाएक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनै पनि ब्राण्डको पुरानो बाइक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरू प्राप्त गर्न सकिनेछ ।

उपभोक्ताले मेलामार्फत आफ्ना पुराना बाइक वा स्कुटरको एक्स्चेन्ज गर्दा रु. ५० हजारसम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाखसम्मको क्याश डिस्काउन्ट र साथै बम्पर उपहारमा रु. १० लाख नगद जित्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

साथै २५ प्रतिशतसम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाइक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको सुविधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यी लगायत सम्पूर्ण सुविधाका साथै शून्य प्रतिशत ब्याजदरमा नयाँ बाइक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध हुनेछ ।​

म्हा एक्स्चेन्ज मेला, उमंगै उमंगको नयाँ सवारी सार्वजकिका साथै आकर्षक एक्सचेन्ज अफरका साथै उपहारहरूको पनि व्यवस्था गरेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्र व्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।​​

गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पाटपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

salt training

कमेन्ट गर्नुहोस्