माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट | कात्तिक २३, २०८०
जाजरकोटको भेरी नरपालिका–१ रावत गाउँ हुँदै डोल्पासम्म हुँइकिने सडकमा एक्कासि एउटा कार रोकियो । कारबाट २ जना अधबैँसे युवाहरू झरे । काँधमा विदेशबाट आउँदा ल्याउने लगेज थियो ।
भूकम्पले परिवारै गुमेपछि भेरी नगरपालिका–१ का उदय कामी र उनका भाइ मनोजबहादुर विक दाहसंस्कारका लागि घर फर्किएका रहेछन् । अगाडि एक जना सहयोगीले लगेज बोकेर हिँडेका थिए । उदय र मनोज पछिपछि उकालो लागे ।
बाटो पहिलाभन्दा धेरै बिग्रेको थियो । आफन्तहरूको अवस्थाबारे सोध्दै थिए । सडकबाट करिब १५ मिनेटको दुरीमा रहको उनको घर पुग्नेवित्तिकै रूवाबासी सुरु भयो ।
नहोस् पनि किन दाजुभाइले एकै परिवारका ६ जना गुमाएका थिए । उदयले त झन् आफूबाहेक परिवारका सबै जना गुमाएका थिए । त्यो खबर मलेसियामै हुँदा उनले थाहा पाएका थिए । ‘पहिला त हामीले खबर गरेका थिएनौं । उसले सामाजिक सञ्जाल र समाचारहरूमा थाहा पाएको रहेछ । पछि भन्यौ,’ उदयका ज्वाइँ सज्जनराज विकले भने ।
उनका अनुसार आफ्नो गाउँमा भूकम्प गएको समाचारपछि उनी निरन्तर गाउँमा फोन गरिरहेका थिए ।
उदय र मनोज कोलचौरस्थित घरको आँगनमा परिवारका शव देख्नेवित्तिकै भावविह्वल भए । आफ्नो ४ वर्षीय छोरा उज्जल विकको मुख हेरेर निकै भक्कानिए । ‘के भयो नि छोरा यस्तो तँलाई,’ भन्दै भक्कानिँदा घरमा जम्मा भएका दर्जनौं गाउँलेहरू सँगै भक्कानिएका थिए ।
उनले क्रमशः छोरीहरू १३ वर्षीया सर्मिला विक र ९ वर्षीया अन्जली विकको शव हेरे । त्यसपछि उनले ३० वर्षीया श्रीमती जानुका सुनुवारको शव हेर्दा उनी निकै भक्कानिए । टाउकामो चोटका कारणले रगतको खाटा बसेको थियो । त्यही हेर्दै उनी भावविह्वल भए ।
श्रीमतीको सिउँदोमा अन्तिम पटक सिन्दुर लगाइदिए । आफ्नो छोरालाई अवीर लगाइदिएर दाहसंस्कारका लागि छोराछोरीको लाश काँधमा बोकेर उनी भेरी नदीको किनारतिर लागे ।
उनले परिवारमा आमाबाहेक सबैलाई गुमाएका छन् । उदय र मनोजले आफ्नो पाँच जना परिवार गुमाएका छन् । आफ्नै भान्जी ८ वर्षीया विष्णु तिरुवालाई पनि उनकै घरमा गुमाएका हुन् ।
विगत ६ वर्षअघि उनी वैदेशिक रोजगारीमा गएका थिए । पहिलो पाँच वर्ष मलेसिया बसेर ८ कोठे घर बनाएका थिए । छोराछोरीलाई पढाउन विगत १ वर्षदेखि फेरि मलेसिया गएका थिए ।
सज्जनराज विकका अनुसार दशैंमा टिका लगाउन आएकी विष्णु फर्केकी थिइन् । भूकम्पले उनको मामा घरमा ज्यान लियो । विष्णुकी आमा लालमति नेपाली पनि वैदेशिक रोजगारीका लागि विदेशमा भएकाले उनको शव दाहसंस्कार हुन सकेको छैन ।
सज्जनराजका अनुसार आमा र बुवाले आफू आएपछि मात्रै दाहसंकार गर्न भनेकाले उनको शव दाहसंकार नगरिएको हो । ‘आमा पनि कुवेतमा छन् । बुवा भारतमा रोजागरी गर्छन् । बुवा आउँदै छन् । आमा टिकट नपाएर नआएकाले उनको आज दाहसंस्कार हुँदैन,’ सज्जनले लोकान्तरसँग भने ।
विदेशमा रहेकी विष्णुकी आमा लालमति नेपालीले छोरीको अन्तिम पटक अनुहार हेर्ने इच्छा गरेकाले अहिले जिल्ला अस्पताल डोटीमा लाश राखिएको छ ।
उनका भाइ दिराज तिरुवा र विक्रम तिरुवा त्यो दिनसँगै सुतेका थिए । उनीहरूलाई उद्धार गरेर बचाइएको थियो । उनीसँगै उनीहरूका हजुरआमा अर्थात् मनोज र उदयकी आमा ६२ वर्षीया हस्तकुमारी कामीको जिवितै उद्धार गरेको सज्जन विकले लोकान्तरलाई बताए ।
भूकम्पको दिन उदयको घरमा ९ जना सुतेका थिए । घरमा अगाडिको कोठमा बुढीआमासहित ४ जना सुतेको र अर्को कोठामा उदयकी श्रीमतीसहित ५ जनाको सुतेको छिमेकी लक्ष्मी विकले लोकान्तरलाई बताइन् ।
‘अगाडिको कोठामा सासुसहित ४ जना सुतेका थिए । अर्को कोठामा बाबुको श्रीमतीसहित ५ जना सुतेका थिए,’ लक्ष्मीले भनिन् ।
उनका अनुसार भूकम्प गएको करिब ३ घण्टा पछाडि उद्धार गरिएको थियो । पहिले प्रहरी आएर उद्धार गर्न खोज्न नसकेपछि फेरि सशस्त्र प्रहरी र नेपाली सेना आएर ३ जनाको जिवितै उद्धार गरेको थियो । ६ जनाको शव निकाल्न अर्को ३/४ घण्टा लागेको लक्ष्मीले बताइन् ।
त्यो क्षेत्रमा ७७ घरधुरी दलित बस्ती छ । अधिकांश भारतमा मजदुरी गरेर जिविकापार्जन गर्दै आएका छन् । केही वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । बाँचेका केहीले गाउँमै मजुरी गरेर जिविका चलाउँदै आएको लक्ष्मीले लोकान्तरलाई बताइन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...