×

NMB BANK
NIC ASIA

तिहारलाई फूलले रंग्याउने युवाको कथा

फूल खेतीमा रमेका युवा : विदेश छाडेर स्वदेशमै कर्म, गृहिणीलाई समेत मनग्गे आम्दानी

बुटवल | कात्तिक २७, २०८०

NTC
Premier Steels

पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापा केही वर्ष अघिसम्म वैदेशिक रोजगारीमा थिए । दाजुभाइ दिल र लालले स्वदेश फर्किएर ५ वर्ष अघिदेखि फूल खेती गर्दै आएका छन् ।

Muktinath Bank

रामपुर नगरपालिका वडा नम्बर– ४ मा थापाद्वयको ‘हाम्रो आधुनिक कृषि फार्म’मा पहिलो वर्षदेखि नै तिहारलक्षित फूल खोसाखोस हुन थाल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिलबहादुर थापा


Advertisment
Nabil box
Kumari

दिल भन्छन्, ‘फूलबाट मनग्गे आम्दानी गर्न सकिने रहेछ । यो सिजनेबल खेती हो । अहिले पनि तिहारलाई भनेर ढकमक फूल फूलेका छन् । सयपत्री फूलले भाइटीका कुरेर बसेका छन् ।’ 

Vianet communication

तिहारमा मात्रै ६ लाख रूपैयाँको फूल बिक्री गर्दै आएको उनीहरू बताउँछन् । फूलमा त्यति ठूलो लगानी छैन । ‘ग्रामीण क्षेत्रमा फूल दुईपटक बढी माग हुने रहेछ,’ लाल भन्छन्, ‘तिहार र चुनावमा फूलको माग धेरै भएको पाइयो । गएको वर्ष तीन तहको चुनावमा पनि फूल राम्रो बिक्री गरियो । हरेक वर्ष तिहारमा त राम्रो बिक्री भइरहेको छ ।’

पाँच वर्षदेखि पुष्प नर्सरीमा रमेका उनीहरूले फूल व्यवसायलाई सम्भावनाको पेशाको रूपमा चिनाएका हुन् । प्रत्येक वर्ष उनीहरूले मागको ४० प्रतिशत मात्र पुर्‍याउँदै आएकोमा अहिले ७० प्रतिशतसम्म थेग्न सक्ने आकलन गरेका छन् ।

यसपटक ५०० सय रुपैयाँ प्रतिकेजीसम्ममा फूल बिकेको छ । एक केजी फूलको ३ वटा माला बनाउन सकिने दिल बताउँछन् । पुष्प, रंग, झिलिमिली, उमंगको सुन्दर पर्व तिहारको रमझम शुरू भएपछि दाजुभाइलाई फोन उठाउन र फूल टिप्न भ्याइनभ्याइ छ ।

फूलसँगै उनीहरूले तरकारी खेती र लहरेबाली लगाउँदै आएका छन् । तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्छन् । रामपुरबाट ठूला शहर टाढा भएकाले बजारसम्म पुर्‍याउन समस्या हुँदा थप खेती गरेर उत्पादन बढाउनेतर्फ भने लागेका छैनन् ।

.....

दाङको घोराही उपमहानगरपालिका– १४ झिङौरास्थितका लोकेन्द्र रोकाले तिहारले ढकमक्क फूल फूलाएका छन् । पूर्व माओवादी लडाकू रोकाको दैनिकी घरनजिकैको जमिन भाडामा लिएर व्यावसायिक रूपमा खेती गरिएको फूलसँगै बित्ने गरेको छ ।

जलजला पुष्पखेती तथा नर्सरीका सञ्चालक रोकाले १० वर्षदेखि २ बिगाहा क्षेत्रमा घोराही बजारनजिकै फूल खेती गर्नुका साथै नर्सरी सञ्चालन गरेर फूलका बेर्ना पनि बिक्री गर्दै आएका छन् । सयपत्रीका आर्गा, कर्मा र कलकत्या जातका फूल उनको बगैँचाभरी पहेंलपुर छन् । 

रोकाले प्रत्येक वर्ष १५ लाख रूपैयाँ फूल र बिरुवा बिक्री गरेर कमाइ गर्छन् ।लोकेन्द्र रोका

‘म दशकदेखि निरन्तर फूल खेतीमा छु,’ रोका भन्छन्, ‘बाह्रै महिना फूल उत्पादन उपलब्ध गराइरहेका छौं । छिमेकी राप्ती गाउँपालिका, तुलसीपुर उप–महानगरपालिकाले प्लास्टिकजन्य फूल माला रोक लगाएर स्थानीय कृषकको फूल खेती प्रबर्द्धन हुने खालको काम गरेको छ ।’

उनले अब आयातित फूल रोकेमा नेपाली फूलले बजार माग धान्ने बताए । आफ्नो नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा उनी निकै खुशी छन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने गरेको उनले बताए ।

‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा लाग्न अझ उत्साहित बनाएको छ ।’ सार्वजनिक कार्यक्रममा खादाभन्दा मालाको माग बढ्दो छ,’ उनी भन्छन्, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुर्‍याउन नै सकेको छैन ।’

वि.सं.२०६९ देखि फूल खेती र नर्सरी खेती थालेका रोकाले बिउ मगाएर बिरुवा आफैं तयार गरी बिक्री समेत गर्छन् ।

null

...

रुपन्देहीको सैनामैना नगरपालिका– ११ की सुशीला अर्याल ५ वर्षअघि नगरपालिकाले हरेक वडामा फूल खेती गराउने कार्यक्रममा जोडिइन् । ५० हजार अनुदानपछि उनले फूल खेती थालेकी हुन् । अहिले उनको रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्ममा तिहारको लागि फूल तयार छन् ।

३९ वर्षकी सुशीला भन्छिन्, ‘फूल फूलेको देख्दा बहुत आनन्द लाग्छ । सबै दुःख बिर्सिन्छ । यो वर्ष ५ कठ्ठा जग्गामा फूल छ । ५ लाख कमाउने लक्ष्य छ ।’

सुनिता अर्याल

अहिले तिहार ढिला परेकाले फूल चाँडै फूले । उनले बुधबार नै फूल टिपेर ‘स्टोरेज’ गरेकी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने सुशीला बताउँछिन् ।

....

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ की सुनिता रेग्मी पाँच वर्षअघिसम्म घरधन्दामै व्यस्त हुन्थिन् । अहिले सुनिता समृद्ध पुष्प व्यवसायीको रूपमा बदलिएकी छिन् । सम्पन्न परिवारकी ४८ वर्षीया सुनिताको दैनिकी अहिले फूलसँगै बित्ने गरेको छ ।

सुनिताले तिलोत्तमाका छुट्टाछुट्टै दुई ठाउँमा गरी आठ कठ्ठा जग्गामा फूल खेती गरिरहेकी छन् । थप अर्को ठाउँमा १० कठ्ठामा माघदेखि फूल लगाउने उनको तयारी छ ।

‘तिहारलक्षित फूल खेती गर्ने त धेरै हुन्छन्,’ उनी भन्छिन्, ‘तर मैले विगत चार वर्षदेखि बाह्रै महिना निरन्तर फूल खेती गर्दै आएकी छु ।’

सुनिता रेग्मीसुरभी कृषि फर्म दर्ता गरी शुरू गरेको फूल खेतीबाट वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको उनी बताउँछिन् । घरमा केही काम भएन भनेर बस्ने महिला दिदीबहिनीका लागि सुनिता उदाहरणीय पात्र हुन् । उनको फूल खेती देखेर अरूले पनि फूल खेती थालेका छन् । 

पछिल्लो समय पालिकाहरूले तिहारमा प्लास्टिकजन्य फूलमाथि प्रतिबन्ध लगाएका छन् भने आयातित फूलको निरुत्साहनले पनि स्वदेशीले फूलको माग र बजार दुवै बढ्दो छ ।

कृषिमा युवालाई जोड्ने उद्देश्यका साथ फूल खेतीमा युवा परिचालन गरी समूह बनाई खेती हुन थालेको छ । केही पालिकाले फूल खेती गर्ने किसानलाई मल, बिउ, सिँचाइको व्यवस्था समेत गरेका छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x