कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।
यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्रो व्यापार गरे । अहिले उनी अभिनीत फिल्म ‘दिमाग खराब’ हलमा प्रदर्शनरत छ । यो फिल्मले पनि दर्शक तानिरहेको छ ।
दयाहाङका फिल्मले हलमा मात्र होइन, युट्युबमा समेत लोभलाग्दो दर्शक पाएका छन् । चाडपर्वको अवसर पारेर दयाहाङका चारवटा नयाँ फिल्म युट्युबमा सार्वजनिक छन् । ति चारवटै फिल्म यतिबेला युट्युब ट्रेन्डिङमा छन् ।
दयाहाङ स्टारर ‘के घर के डेरा’, ‘बिहे पास’, ‘कबड्डी ४’सँगै ‘फूलबारी’ समेत युट्युब ट्रेन्डिङमा छ ।
तीन दिनअघि रिलिज गरिएको फिल्म ‘के घर के डेरा’ युट्युब ट्रेन्टिङको शीर्ष स्थानमा छ ।
यस फिल्मलाई मंगलवार दिउँसोसम्म २३ लाखभन्दा बढी पटक हेरिसकिएको छ । दीपेन्द्र के. खनाल निर्देशित यो फिल्ममा दयाहाङसहित विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउतलगायतको अभिनय छ ।
त्यसैगरी दुई दिनअघि रिलिज गरिएको फिल्म ‘बिहे पास’ ट्रेन्डिङको तेस्रो स्थानमा छ । फिल्मले अहिलेसम्म २० लाखभन्दा बढी भ्युज पाइसकेको छ । यो फिल्म यही वर्षको वैशाखमा हलमा प्रदर्शनमा आएको थियो । प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा दयाहाङसहित प्रकृति श्रेष्ठ, शिशिर वाङ्देल,बुद्धि तामाङलगायतको अभिनय छ ।
यस्तै, दुई साताअघि सार्वजनिक फिल्म ‘कबड्डी ४’ अहिलेसम्म पनि ट्रेन्डिङको चौथो स्थानमा छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले युट्युबमा अहिलेसम्म ८८ लाख हाराहारी भ्युज पाइसकेको छ । घरेलु बक्स अफिसमा सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्मको रेकर्ड राखेको ‘कबड्डी ४’मा दयाहाङसहित सौगात मल्ल, मिरुना मगरलगायतको अभिनय छ ।
तीन साताअघि सार्वजनिक अर्को फिल्म ‘फूलबारी’ पनि युट्युब ट्रेन्डिङबाट हटेको छैन । ९७ लाख हाराहारी भ्युज पाइसकेको यो फिल्ममा दयाहाङसहित विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्कीलगायतको अभिनय छ ।
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...