×

NMB BANK
Dabur

सत्ताधारीको हाल

चाडबाडपछि कस्तो छ गठबन्धनको स्वास्थ्य ?

काठमाडाैं | मंसिर १, २०८०

NTC
Premier Steels
Marvel

यसअघि पनि थुप्रैपटक दशैंतिहार र छठपछि केही न केही राजनीतिक उथलपुथल भएको इतिहास छ । यसै मेसोमा यसपटक पनि चाडबाडपछि अहिलेको सत्ता समीकरण फेरिनेसम्मको चर्चा भएको थियो । तर, चाडबाड अगाडि आकलन गरिएजस्तो परिस्थिति अहिले देखिएको छैन । 

Sagarmatha Cement

मुख्यगरी कांग्रेस हाराहारीको दल भएर पनि नेकपा एमाले प्रतिपक्षमा बसिरहेको छ । यतिमात्रै होइन, माओवादीसँग मिलेर बल्ल बनाएको केन्द्रीय समीकरण कांग्रेसले भत्काएपछि एमाले थप क्रुद्ध बन्न पुगेको थियो । केन्द्रपछि प्रदेशको सत्ताबाट हात निकाल्नु परेपछि एमालेमाथि अर्को दबाब पर्न पुग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैले कांग्रेसकै असन्तुष्ट पक्ष वा सत्ता गठबन्धनका असन्तुष्ट दललाई विश्वासमा लिने रणनीतिमा एमाले लागेको छ, तर सफल भइरहेको छैन ।


Advertisment
SBL

एमाले कोशीमा कांग्रेसको विद्रोही पक्षलाई समर्थन गरेर बाँकी प्रदेश र केन्द्रमा समेत उथलपुथल ल्याउन चाहन्थ्यो । तर, सत्तारुढ दलका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कमजोरीलाई शुरूबाटै केलाएर अगाडि बढ्ने संकल्प लिए जसले कोशीमा एमाले आफैं सत्ताबाट बाहिरिनुपर्ने स्थितिमा पुग्यो । परिणाम, कांग्रेसको विद्रोहले संस्थागत रूप धारण गर्न पाएन ।

Vianet communication
Laxmi Bank

कांग्रेसमा पनि संस्थापनविरुद्ध डा. शेखर कोइरालाले आफ्नो प्रभाव देखाउनकै लागि पनि 

एमालेले सहजै सरकार परिवर्तनको कुनै सम्भावना देखेको छैन । तर, पनि गठबन्धनमा कतिखेर भाँडभैलो आउला भनी कुरेर भने बसेको छ । साथै, गठबन्धनभित्र झन् ठूलो विग्रह आओस् र सत्ता राजनीतिमा आफ्नो खोजी होस् भन्ने एमालेले चाहेको छ । यसैले सरकारले डेलिभरी दिन नसकेको तथा आर्थिक मन्दीलाई पार लगाउन नसकेको जस्ता इश्यू उठाएको छ । 

एमाले नेता प्रदीप ज्ञवाली एमालेले चाहेर मात्रै सरकार बदल्ने तत्कालको समीकरण नभएको बताए । तर, कैयौं एजेन्डामा सरकारको गति र बाटो उचित नभएको उनले बताए ।

‘तत्काल नै सरकारको समीकरण बदलिहाल्ने स्थिति हामीसँग छैन । समस्याका रूपमा देखिएका एजेन्डा ठीक ढंगले समाधान भएनन् भने सरकार बदलेर मात्रै पनि हुँदैन,’ ज्ञवाली भन्छन्, ‘कांग्रेसले अहिलेकै कुरालाई आनन्द मान्दासम्म सरकार परिवर्तन हुँदैन । तर, देशको अवस्था बिग्रँदै गएकोमा प्रतिपक्षीका रूपमा हामीलाई ज्यादा चिन्ता छ ।’

कमजोर अर्थतन्त्र, डेलिभरी दिन नसक्दा नागरिकको निराशा र दक्षिणपन्थीले परिवर्तनविरुद्ध गरिरहेको घेराबन्दीको प्रयासलाई तोड्न सरकार असफल भएको उनी बताउँछन् । 

‘हामीलाई सरकारमा पुग्नुपर्छ भन्ने चिन्ता होइन, तर सरकारले नागरिकलाई डेलिभरी नदिने, अर्थतन्त्र डामाडोल भइरहने, समाजमा सद्भाव बिथोलिने र परिवर्तनका मुद्दाप्रति दक्षिणपन्थीले प्रश्न उठाउने तथा घेराबन्दी गर्ने प्रयास हुनु चिन्ताका विषय हुन्,’ ज्ञवाली भन्छन्, ‘यी सबैको असर व्यवस्थामाथि नै प्रहार गर्न खोज्दा सरकार इमानदार र जनताप्रति जवाफदेही हुन सकेन, त्यसैले समस्या आयो ।’

सरकारले देशलाई दिशा दिँदै नागरिकको भरोसा जित्नुको साटो सुशासनको नाममा कुशासन गरेको आरोप उनको छ । ‘एकातिर विकास निर्माण ठप्प छ, अर्कातिर सरकार सुशासन भन्छ, तर आफ्नो नेता भ्रष्टाचारमा मुछिँदा सामान्य सोधपुछको औपचारिकता पूरा गर्न पनि आवश्यक ठान्दैन,’ ज्ञवाली भन्छन्, ‘गम्भीर मुद्दा लागेका आफ्नालाई जोगाउँदै सस्तो प्रचार मात्र गरिएकोमा हाम्रो चिन्ता छ ।’

बरु परिवर्तनका मुद्दाप्रति प्रश्न उठाउने प्रयास भएको भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक गरी दलहरूलाई एक ठाउँमा उभ्याउने प्रयास गरेका छन् । 

‘हिजोका सामन्ती राजाको स्तुतिगान गाउने तथा भण्डारखाल, कोतपर्व त कहिले नारायणहिटी काण्ड देखेको होइन ? आज तिनै मान्छे संस्कारको कुरा गर्छन् । लोकतन्त्रवादी र परिवर्तनगामीलाई संस्कारको कुरा गर्ने ? लोकतान्त्रिक प्रणालीविरुद्ध धावा बोल्ने ? हिलो छ्याप्ने र बोल्ने काम गरे सह्य हुँदैन,’ प्रचण्डले भने शुक्रबार तनहुँको आँबुखैरेनी पुगेर भने, ‘यसैले परिवर्तनका पक्षधर दललाई सिंहदरबार बोलाएर छाडातन्त्रलाई टुलुटुलु हरेर बस्ने कि लड्ने भन्दा सबै दलका नेताले एक स्वरमा लोकतन्त्र, गणतन्त्र र संघीयताका निम्ति सडकमा जान्छौं भन्नुभयो । अरूले त भने भने, प्रमुख प्रतिपक्षी दलका नेता पनि सडकमा जान्छु भन्नुभयो ।’

के सत्ता गठबन्धनमा दूरी बढेको छ ? 

आफ्नो अनुकूल नभएको सरकार राख्ने पक्षमा एमाले नभएको साँचो हो । तर, सरकार र गठबन्धनमा समस्या आउने गरी कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच सम्बन्ध बिग्रिनसकेको कांग्रेस नेता नैनसिंह महर बताउँछन् । 

‘अहिले सत्ता गठबन्धन सामान्य हिसाबले बनेको होइन, दुवै पक्षका गल्ती र कमजोरीको स्वीकारोक्तिपछि बनेको हो । यसैले हाम्रो सभापति र प्रधानमन्त्रीबीच तितक्ता नभएसम्म यो गठबन्धन र सरकार दायाँबायाँ हुन्न,’ महर भन्छन्, ‘दुवै नेता अहिलेसम्म एक ठाउँमा देखिनुभएको छ । केही समस्या आउन थाले पनि आपसमा सहमति गरेर मिलाएको देखिन्छ ।’

बरु यसअघिदेखि गृहमन्त्रीलाई हटाउन खोजे पनि त्यो प्रयास पनि सफल नभएको महर बताउँछन् । 

‘अहिले सत्ता गठबन्धन सामान्य हिसाबले बनेको होइन, दुवै पक्षका गल्ती र कमजोरीको स्वीकारोक्तिपछि बनेको हो । यसैले हाम्रो सभापति र प्रधानमन्त्रीबीच तितक्ता नभएसम्म यो गठबन्धन र सरकार दायाँबायाँ हुन्न,’ महर भन्छन्, ‘दुवै नेता अहिलेसम्म एक ठाउँमा देखिनुभएको छ । केही समस्या आउन थाले पनि आपसमा सहमति गरेर मिलाएको देखिन्छ ।’

‘गठबन्धन भत्काउने र सरकार फेरबदल गर्ने केही दल र पार्टीभित्रकै असन्तुष्ट नेताहरूको चासोको विषय हुन सक्छ, तर सरकार तत्काल दायाँबायाँ हुनेजस्तो देखिएको छैन,’ महर भन्छन्, ‘केहीले गृहमन्त्रीलाई हटाउन खोजेका थिए, तर त्यो पनि सम्भव भइरहेको छैन ।’

‘गृहमन्त्रीले सुशासनको पक्षमा एकपछि अर्को प्रभावकारी कदम चालेकाले उनलाई हटाएर अर्कोलाई ल्याउने जोखिम प्रधानमन्त्रीले मोलिरहनुभएको छैन,’ महरले थपे ।

गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीबीच फाटो नआएसम्म जसपा, जनमत वा नेकपा एस असन्तुष्ट भए पनि अप्ठ्यारो नपर्ने बुझाइमा दलहरू देखिन्छन् । 

ढुक्क प्रधानमन्त्री– ‘यो गठबन्धन पाँचै वर्ष जान्छ’ 

प्रधानमन्त्री प्रचण्डले त यो गठबन्धन पाँचै वर्ष जाने दाबी गरेका छन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिकामा अस्पताल उद्घाटन गर्दै प्रचण्डले १ महिना पनि जाँदैन भनेको सरकार ११ महिना चलाएको बताए । सुशासन मुख्य प्राथमिकता रहेको भन्दै उनले अझै राम्रो काम गर्दा जनताले सरकारलाई थप रुचाउने दाबी पनि गरे ।

‘यो गठबन्धन पाँचै वर्ष जान्छ, कसैले हल्लाएर हल्लिँदैन । मान्छेले हल्ला गरेजस्तो गठबन्धन कमजोर छैन । गठबन्धनभित्र युनिटी धेरै बलियो छ । राम्रो गर्ने हो, राम्रो गर्दा छाड्नुपरे जनताको घरदैलोमा जाने हो । मैले प्रधानमन्त्री बन्दा पनि यही भनेको थिएँ । भारतमा अटल बिहारी बाजपेयी सबैभन्दा कम १३ दिन प्रधानमन्त्री भएका रहेछन् । कोही कोही १५ दिन पनि भएका छन्,’ सरकारको भविष्यबारे उनले भने, ‘साथीहरूले एक महिनाभन्दा धेरै जाँदैन भन्थे । मैले एक महिना भए पनि राम्रो काम गर्छु भनेको थिएँ ।  गर्दै गइयो, ११ महिना भइसक्यो, बाँचिएकै छ । अझै सुशासनको पक्षमा काम गर्छु ।’

देउवा र बाह्य शक्तिहरूसँग पनि राम्रो सम्बन्ध भएका एक नेता केही मन्त्रीमाथि असन्तुष्टि भए पनि सरकार नै परिवर्तन गर्नेसम्मको तयारीमा मुख्य नेताहरू नभएको बताउँछन् ।

‘अर्थमन्त्रीलगायत केहीलाई हटाउनुपर्छ भन्ने माग कांग्रेसदेखि माओवादीसम्मै छ,’ ती नेता भन्छन् ।

कांग्रेसका ती नेताले थपे, ‘अहिले मन्त्रीहरूलाई पनि नचलाऔं, गठबन्धनको भावनाअनुसार थप ६/८ महिना यही सरकारलाई निरन्तर जान दिऊँ अनि फेरौंला भन्ने धेरैको बुझाइ छ । एक वर्ष पनि नपुगी प्रधानमन्त्री फेर्ने कसरतले केन्द्र र प्रदेशमा बेहोर्नुपर्ने झमेलाबारे प्रधानमन्त्री र सभापति दुवै जानकार हुनुहुन्छ ।’

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

x