×

विकासमा विलम्ब

ठूला पूर्वाधार निर्माणमा अल्झन : प्रदेशैपिच्छे बनाउने भनिएका औद्योगिक क्षेत्र अलपत्र

बुटवल | मंसिर ३, २०८०

आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ ।

आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवाद, कतै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)मा ढिलाइ, कतै पुनः सर्भेको आवश्यकता त कतै उपयुक्त स्थान नभेटिँदा कार्यान्वयनमा आउन नसकेका हुन् ।


Advertisment

१० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘एक प्रदेश, एक औद्योगिक क्षेत्र’ अवधारणाअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वि.सं.२०७२ मा बहुवर्षीय परियोजनाअन्तर्गत औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । 


Advertisment

घोषणा गरेको दशक पुग्न लाग्दा समेत कुनै पनि ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारको योजना कार्यान्वयनको चरण नजाँदा निजी क्षेत्र असन्तुष्ट छ ।

मुलुकमा औद्योगिक क्षेत्र निर्माणमा राज्यकै बेवास्ता हुँदा लगानीका अवसरहरू सिर्जना हुन नसक्नुका साथै युवाशक्ति विदेश पलायन भइरहेको छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी भूषणकुमार उपाध्यायले सबै प्रदेशका औद्योगिक क्षेत्र निर्माणको काम यथास्थितिमै रहेकाले कार्यान्वयनमा ढिलाइ भएको बताए ।

‘कार्यालयमा नयाँ चेयरमेन बाबुराम पन्त आउनुभएको छ,’ उपाध्यायले  लोकान्तरसँग भने, ‘उहाँ (पन्त) अब सबै औद्योगिक क्षेत्र अवलोकन गर्ने तयारीमा हुनुहुन्छ । त्यसपछि केही प्रगति होला । बुटवलमा पनि विवाद भएर ‘ड्रोन’बाट  नापजाँच गरिए पनि अरू काम अघि बढ्न सकेको छैन । बाग्मतीको हेटौंडामा जग्गाको विषय वनमा पुगेर अड्किएको छ । नेपालगञ्जमा फेरि ‘सर्भे’ गर्ने कुरा छ । सुर्खेतमा नबन्ने भयो । मधेश प्रदेशको पनि बन्ने अवस्था देखिएन । कोशी प्रदेशको झापामा केही सामान्य काम भइरहेको छ । सुदूरपश्चिमको दैजी छेला औद्योगिक क्षेत्रमा रूख कटानको काम शुरू भएको छ ।’ 

उपाध्यायले थपे, ‘औद्योगिक क्षेत्रलाई लागि चालू आर्थिक वर्षका लागि १० करोड रूपैयाँ बजेट छ । निर्माण हुने औद्योगिक क्षेत्रमा विवाद नभएको क्षेत्रबाट काम गर्ने सोच बनाएका छौं, हेरौं अब के हुन्छ ।’

कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रूपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण आयोजना अघि बढाइएको छ । त्यस्तै सुर्खेतमा उपयुक्त जग्गा भेटिएन भने मधेश प्रदेशमा बन्ने भनिएको स्थानमा जग्गा पाइएन । ठूला संरचनागत पूर्वाधार निर्माणमा देशभर ढिलाइ हुँदा मुलुकको विकासले गति लिन सकेको छैन । 

लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका– १७ मोतीपुरमा पनि जग्गा उपयोगको विषय टुंगो नलाग्दा काम अघि बढ्न सकेको छैन । चारवटा ब्लकमा करिब ८१३ विगाहा जग्गा मोतीपुर औद्योगिक क्षेत्रको नाममा छ ।

८१३ विगाहामध्ये २०० विगाहा जग्गा स्थानीयले भोगचलन गर्दै आएको ऐलानी तथा केही लालपुर्जा भएको जग्गा समेत पर्दछ । 

मोतीपुर औद्योगिक क्षेत्र २४ असोज २०७७ मा तत्कालीन उद्योगमन्त्री लेखराज भट्ट र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेका थिए ।

null

त्यति बेला स्थानीयले शिलान्यास कार्यक्रममा ढुंगामुढा गरेपछि प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलाउँदा ४ जनाको ज्यान समेत गएको थियो भने प्रहरी र स्थानीय गरी दर्जनौं घाइते भएका थिए । उक्त क्षेत्रमा रहेको बस्ती र जोतभोग भइरहेको जमिन यकिन गर्न समिति गठन गरिएको थियो ।

शिलान्यास गरेको महिना दिनभित्र उद्योग स्थापनाका लागि आशय पत्र आह्वान गर्ने, उक्त आह्वान पत्रको आधारमा छ महिनाभित्र उद्योगीहरूलाई चाहिने न्यूनतम् पूर्वाधारहरू (अस्थायी सडक, विद्युत् र पानी) को व्यवस्थापन गर्ने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘रोडम्याप’ तयार पारेको थियो । तर, स्थानीयको माग पूरा नगरिकन तयार गरेको ‘रोडम्याप’ ३ वर्षसम्म शून्य जस्तै छ । कार्ययोजनाअनुसार हालसम्म औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण आधारभूत संरचनाहरू निर्माण भइसक्नुपर्ने भए पनि जग्गा विवादले योजना नै अन्योलमा छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका परियोजना प्रमुख इन्जिनीयर प्रकाश अधिकारीले सबै कामहरू प्रधानमन्त्रीमातहत रहेको विकास समस्या समाधान समितिमा पठाइसकिएको बताए । 

‘बुटवलको ८१३ विगाहा जग्गाको लालपूर्जा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको छ,’ इन्जिनियर अधिकारीले लोकान्तरसँग भने, ‘विवाद आइसकेपछि अब यहाँ क्षेत्रफल घटाएर भए पनि बनाउन राम्रो होला, डीपीआरजस्तो भए पनि संशोधन गरेर ‘कस्ट इफेक्टिभ’ हुन्छ । यहीअनुसार केन्द्रबाट पनि निर्णय भए राम्रो हुन्थ्यो ।’ 

औद्योगिक क्षेत्र हुँदै तिनाउ दानव करिडोर पनि निर्माण भइरहेको छ । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्र बन्न नदिने चलखेल भइरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताए ।

‘यस क्षेत्रको मुहार बदल्ने यो योजना बन्न नदिन अहिले पनि ढुंगा हान्ने प्रयत्न भइरहेको छ,’ पौडेलले भने, ‘त्यस्तोमा संलग्नलाई पहिचान गरेर सार्वजनिक गर्न हामीलाई बाध्य नबनाइयोस् । जनताले त्यसको जवाफ आफैं दिनेछन् ।’ 

आयोजनाले कसैलाई उठिबास लगाउने नभई मोतीपुर औद्योगिक क्षेत्रले प्रत्यक्ष/अप्रत्यक्ष गरी ५० हजारभन्दा बढीलाई रोजगारी दिने पौडेलको भनाइ छ । रूपन्देही लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक तथा आर्थिक नगरी हो । निजी क्षेत्रले पनि जिल्लामा ठूलो लगानी गरेर उद्योग सञ्चालन गरेका छन् । 

जग्गाको उपलब्धता, उपलब्ध जग्गामा औद्योगिक क्षेत्र विकासको सम्भावना, स्थानीयको  प्राथमिकता र क्षमताको विश्लेषण नगरी शुरू भएको कार्यक्रम कार्यान्वयनमा समस्या आउने गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजूले बताए । राजनीतिक खिचातानीले गर्दा मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा समस्या आइलागेको उनको भनाइ छ ।

रूपन्देहीमा उद्योगीको चाप बढेपछि बुटवल उद्योग वाणिज्य संघको पहलमा वि.सं. २०५५ सालमै बुटवलमा औद्योगिक क्षेत्र स्थापनाको सोच अघि बढेको थियो । नेपालको मध्यभागमा रहँदा यातायातको सुविधा र पहाडी जिल्लासँग नजिक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ मार्गका साथै बेलहिया (सुनौली) नाका रहेका कारण बुटवलमा उद्योग स्थापना गर्दा उत्पादित वस्तु बाहिर पठाउन सकिने कसजूको बुझाइ छ । 

नेपालमा उद्योग सञ्चालन र यससम्बन्धी गतिविधि धेरै पुराना भने छैनन् ।  औद्योगिक विकास गर्नका लागि उद्योगलाई आवश्यक पर्ने आधारभूत पूर्वाधारहरू जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले वि.सं. २०१६ सालमा बालाजु औद्योगिक क्षेत्रको स्थापना भएको थियो । अर्थात्, नेपालको पहिलो औद्योगिक क्षेत्र ‘बालाजु औद्योगिक क्षेत्र’ हो । नेपालमा अहिले प्रमुख १२ वटा औद्योगिक क्षेत्र चलिरहेका छन् । 

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x