कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा राम चन्द्र खनाललाई नियुक्त गरिएको छ । मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले खनाललाई चार वर्षका लागि सीइओमा नियुक्त गरेको हो।
बैंकका पूर्व सीइओ रमेश राज अर्यालको राजीनामा स्वीकृत गर्दै खनाललाई नियुक्त गरिएको बैंकले जनाएको छ ।