×

NMB BANK
NIC ASIA

खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान

कञ्चनपुर | मंसिर ८, २०८०

NTC
Premier Steels

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राखेकी छन् । गाउँमै किसानको उब्जाउ खरिद गर्न व्यापारीले काटा खोलेका छन् । उनले धानको उचित मूल्य भने पाएकी छैनन् ।

Muktinath Bank

व्यापारीहरू धान किन्न घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै थन्क्याएर राखेकी छन् । उनले अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गरेकी छैनन् । खाद्य व्यवस्थाले राम्रो दिँदा पनि बिक्रीका लागि टाढा हुँदा लैजान नसकेको उनले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नजिकमा खाद्यको खरिद केन्द्र छैन । धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ', उनले भनिन्, 'खरिद केन्द्र टाढा हुँदा गाउँमै सस्तोमा धान बिक्री गर्ने गरेका छौँ ।' उनका अनुसार गाउँका स्थानीय व्यापारीले अहिले दुई हजार सात सय क्विन्टलका दरले धान खरिद गरिरहेका छन् । डेढ बिघा जमिनमा धानखेती गरेकी उनको यसपटक उत्पादन वृद्धि भएको छ ।


Advertisment
Nabil box
Kumari

'धान खरिदका लागि घरमै आउँछन् । गाडी भाडा तिरेर हामीले ढुवानी गर्नु पर्दैन,' उनले भनिन्, 'खाद्यसम्म पुर्याउँदा ढुवानी खर्च लागेर केही फाइदा हुँदैन ।' उनका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि महेन्द्रनगरमा मात्रै केन्द्र राखेको छ । महेन्द्रनगरबाट टाढा रहेका किसानलाई खाद्यसम्म धान पुर्याउनै सकस छ ।

Vianet communication

सरकारले सञ्चालन गरेको धान खरिद केन्द्र पायक क्षेत्रमा नहुँदा गाउँमै सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको लालझाडी गाउँपालिकाका किसान भगत चौधरीले बताए । 'हामीलाई धान बिक्रीका लागि महेन्द्रनगर लैजान निकै टाढा पर्छ । ढुवानी खर्च कटाउँदा गाउँमा बिक्री गरेजस्तै हुन्छ', उनले भने, 'यहाँका व्यापारीले घरमै गाडी ल्याएर धान लैजान्छन् ।'

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय महेन्द्रनगरले गत कात्तिक १५ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो । भीमदत्त नगरपालिकासहित नजिक पर्ने बेदकोट, शुक्लाफाँटा र दोधारा चाँदनीका गरेर दैनिक १० किसान धान बिक्रीका लागि पुग्ने गरेको निमित्त कार्यालय प्रमुख टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । 

“अहिलेसम्म १८ क्विन्टल धान खरिद गरिएको छ । धान खरिद गर्ने काम माघ अन्तिमसम्म चल्छ”, उहाँले भन्नुभयो, “यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ ।” प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ का दरले धान खरिद भइरहेको उहाँले बताउनुभयो । यो मूल्य गत वर्षभन्दा बढी हो । गत वर्ष रु दुई हजार नौ सय ६७ प्रतिक्विन्टलका दरले धान खरिद गरिएको थियो ।

महेन्द्रनगरबाट टाढा रहेका किसानलाई लक्षित गरेर खरिद केन्द्र स्थापनाका लागि पत्राचार गरिएको निमित्त कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । “ती क्षेत्रमा खरिद केन्द्र खोल्न पत्राचार गरेका छौँ । हामीसँग कर्मचारी तथा भौतिक संरचनाको अभाव छ”, उहाँले भन्नुभयो, “स्रोतसाधनको व्यवस्थापन गरेर खरिद केन्द्र थप्ने तयारी छ ।”
–––
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x