×

NMB BANK
NIC ASIA

एउटा नयाँ आयोजनाको तयारी

सुनकोशी–मरिन खानेपानी आयोजना: ४० अर्ब खर्चेर मधेशका ६ जिल्लामा पानी पुर्‍याउने गृहकार्य

काठमाडाैं | मंसिर ८, २०८०

NTC
Premier Steels

खानेपानी मन्त्रालयले मधेश प्रदेशका ६ जिल्लामा ४० अर्ब लागतमा सुनकोशी मरिन खानेपानी आयोजना निर्माणसम्बन्धी गृहकार्य शुरू गरेको छ । 

Muktinath Bank

खानेपानी तथा ढल व्यवस्थापन विभागले यसअघि नै गराएको पूर्व सम्भाव्यता अध्ययनबाट प्राप्त प्रतिवेदनको आधारमा मन्त्रालय र विभागले गृहकार्य थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मधेश प्रदेशको पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही र धनुषासहित ६ जिल्लामा मरिनको खानेपानी आयोजना विषयमा खानेपानी मन्त्रालयले गृहकार्य शुरू गरेको हो ।


Advertisment
Nabil box
Kumari

६ जिल्लाका झन्डै ५० लाख मानिसले मरिन खानेपानी आयोजनाको पानी पाउने गरी गृहकार्य शुरू भएको हो ।

Vianet communication

त्यस विषयमा खानेपानी मन्त्रालयमा बुधवार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, खानेपानी मन्त्रालयका सचिव रामआधार साह र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठबीच छलफल समेत भएको छ । 

विभागका महानिर्देशक श्रेष्ठले मुख्यमन्त्री यादवलाई आयोजनाको विषयमा जानकारी गराएका थिए । महानिर्देशक श्रेष्ठका अनुसार सिन्धुलीको मरिनदेखि बाग्मती नदीसम्म ५२ किलोमिटर मुख्य प्रसारण लाइन र पर्सादेखि धनुषासम्मको ३४३ किलोमिटर पाइपलाइन बिछ्याउने योजना छ ।

मन्त्रालयमा भएको छलफल

मधेश प्रदेशमा यसअघि नै विभागले निर्माण थालेका अर्बौंका आयोजना अधुरा नै रहेकाले त्यसलाई समेत सुचारु गर्न उक्त आयोजना आवश्यक रहेको श्रेष्ठ बताउँछन् ।

'मधेश प्रदेशमा मात्रै १७६ वटा आयोजनामा नेपाल सरकारको अर्बौं रकम खर्च भइसके पनि खानेपानी आयोजना सुचारु हुन सकेको छैन,' श्रेष्ठले लोकान्तरसँग भने, 'कहीँ पानी ट्यांकी निर्माण भएपनि पाइप बिछ्याइएको छैन । कहीँ पानी ट्यांकी र पाइप बिछ्याइएको भए पनि प्रसारण तथा वितरण भएको छैन ।'

वर्षौंदेखि अधुरा रहेका ती आयोजना सम्पन्न गर्न अझै १३ अर्ब ९८ करोड ७० लाख रुपैयाँ लाग्ने श्रेष्ठले बताए । मारिन खानेपानी आयोजनामा लाग्ने लगानीबाट ती अधुरा आयोजना पूरा गरेर अगाडि जाने तयारी साथ गृहकार्य शुरू भएको उनको कथन छ ।

मधेश प्रदेशमा दिगोरूपमा सतही पानीको स्रोत (नदी तथा खोला) प्रशोधन गारी खानेपानी आपूर्ति गर्ने लक्ष्यअनुसार सुनकोशीको पानी मरिनमा डाईभर्सन हुने हुँदा त्यही पानीबाट मेलम्चीजस्तै खानेपानी आयोजना निर्माण गर्न गृहकार्य शुरू भएको खानेपानी सचिव साहले बताए ।

सुख्खा मौसममा पर्सा, धनुषालगायतका जिल्लामा ग्राउन्ड वाटर टेबल डिप्लिट भएर ह्यान्डपाइपमा समेत पानी आउन छाडेको अवस्थामा दिगो समाधानका लागि आयोजना आवश्यक रहेको साह बताउँछन् ।

'जलवायु परिवर्तनको असरले रेनफल प्याटर्न परिवर्तन भएर ग्राउन्ड वाटर रिचार्जमा समेत असर पर्दै गएको छ,' साहले लोकान्तरसँग भने, 'मधेशमा स्यालो ट्युबवेलबाट प्राप्त हुने पानीमा आर्सेनिकको पनि समस्या छ, त्यसैले मधेश प्रदेशमा हिमाल रहेसम्म दिगो रूपमा खानेपानी सेवा उपलब्ध गराउन आयोजना प्रभावकारी हुनेछ ।'

उक्त आयोजनाको डीपीआर गर्नका लागि विभागले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग छलफल गरेको हो । संघ सरकार, प्रदेश सरकार र दातृ निकायको संयुक्त सहकार्यमा उक्त आयोजनामा लगानी गर्ने गरी गृहकार्य अघि बढेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x