×

NMB BANK
Dabur

संघीयताबारे रविको मत

संघीयतामा रास्वपाको रिजर्भेसन– 'भ्रष्टाचारको केन्द्र बन्यो, विकल्प खोज्नुपर्छ'

काठमाडाैं | मंसिर १४, २०८०

NTC
Premier Steels

डेढ वर्षअघि स्थापना भएको मूलधारको कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संरचनाबारे गम्भीर असहमति प्रकट गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलका संयुक्त बैठकबाट सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पारित गर्दै रास्वपाले अहिलेको मोडलको संघीयता नागरिकसँग नजोडिएको निष्कर्ष निकालेको हो । 

Sagarmatha Cement
Muktinath Bank

‘यो देशका आमजनतालाई दुःख छ । दुःखको मूल कारण गरिबी, अशिक्षा, विभेद र भ्रष्टाचार हो । सबैभन्दा पहिले यो फेर्ने हो । दोस्रोमा कर्मचारीतन्त्र, कूटनीति, अर्थनीति, उद्योगनीति, जलवायु परिवर्तनसम्बन्धी नीति आदि होलान्,’ सभापति रवि लामिछानेको प्रतिवेदनमा भनिएको छ, ‘यो फेर्दा नपुगे तेस्रो, चौथो लिस्ट तयार गरौं र यो क्रमलाई निरन्तर जारी राखौं । एकपटक सम्पूर्ण बल लगाएर यो देशलाई विकसित राष्ट्र बनाऔं । त्यत्ति गर्दा पुगेन भने जे फाल्नु पर्छ फालौं, जे ल्याउनु पर्छ ल्याऔं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द्रूत विकासका मोडल ल्याएर उन्नतिको वेग मार्नुबाहेकको अरू विकल्प नभएको भन्दै रविले प्रदेशको अहिलेको मोडल भ्रष्टाचारको केन्द्र भएकाले यसको विकल्प सोच्न ढिला गर्नै नहुने समेत बताएका छन् ।


Advertisment
SBL

‘सामाजिक न्यायलाई केन्द्रमा राखी, सुशासनको भीष्म प्रतिज्ञासहित द्रुत विकासका मोडलहरू ल्याएर रोजगारी सिर्जना गरी आर्थिक उन्नतिको बेग मार्नुको विकल्प अहिलेलाई केही पनि हुन सक्दैन । जति भोक लागे पनि थाल खान सकिँदैन, गाँस नै खाने हो,’ रविले यही खण्डमा नोटका रूपमा संघीयताबारे गम्भीर सबाल उठाउँदै भनेका छन्, ‘नोटः अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजाँदैन । त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको छ । यसको विकल्प सोच्न एकछिन पनि ढिला गर्नु हुन्न ।’

Vianet communication
Laxmi Bank

स्थापना हुँदादेखि नै रास्वपा संघीय संरचनाप्रति सकारात्मक छैन । उसले गत वर्षको चुनावनमा प्रदेशतर्फ उम्मेदवारी नै दिएन । यसपटक संयुक्त बैठकको मूल प्रतिवेदनमा तलको खण्डमा गएर लामिछानेले नागरिक असन्तुष्ट भएकाले अहिलेको प्रदेश मोडललाई परिवर्तन गर्नुपर्ने सबाल उठाएका छन् । 

null

‘अहिलेको प्रदेश संरचना दलका नेता/कार्यकर्ता व्यवस्थापन गर्नकै लागि बनाइएको जस्तो प्रतीत हुन्छ । र, एक हदसम्म हेर्दा हो कि झैं पनि लाग्छ । आफ्नो उपादेयता पुष्टि गर्न नसक्दा आमनागरिक प्रदेशस्तरको संरचनाप्रति असन्तुष्ट छन्,’ रविले प्रतिवेदनमा भनेका छन्, ‘नागरिकका आवाज सुने/नसुनेझैं गर्ने, असन्तुष्टि देखे/नदेखेझैं गर्ने र नागरिकको भावना बुझे/नबुझेझैं गर्ने दल, राजनीतिक दल हुन सक्दैन । त्यसैले प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं । प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ ।’

रविले नोटका रूपमा संघीयताबारे गम्भीर सबाल उठाउँदै भनेका छन्, ‘नोटः अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजाँदैन । त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको छ । यसको विकल्प सोच्न एकछिन पनि ढिला गर्नु हुन्न ।’

प्रतिवेदनको बीच खण्डमा प्रदेशप्रति केही नरम देखिए पनि ‘भ्रमपूर्ण प्रचारः वाद र व्यवस्थामा प्रश्न किन ?’ भन्ने शीर्षकमार्फत उनले व्यवस्थाको विरोध नगरे पनि दुईतिहाइ मत ल्याएर एजेन्डा लागू गर्न किन नपाइने भन्ने प्रश्न गरेका छन् । 

‘हो, वर्तमान संविधानले हाम्रा एजेन्डा सम्बोधन गर्दैन किनकि, हामीले शासकीय स्वरूप, संघीयताको ढाँचा, संसद्को आकार र प्रतिनिधित्वलगायतमा फरक मान्यता अगाडि सारेका छौं । चुनावबाटै आवश्यक संख्या पुर्‍याएर संविधान संशोधन गर्ने सामर्थ्य नपुग्दासम्म विद्यमान अभ्यास र विधिभित्र रहेरै हाम्रा एजेन्डा जनताबीच लैजान्छौं,’ रविले भनेका छन्, ‘हामीले व्यवस्थाको विरोध गरेका छैनौं । हामीले त यो व्यवस्थालाई देशको सामर्थ्यअनुसार क्रमशः उन्नत बनाऔं मात्रै भनेका हौं, त्यो पनि जनमतको वैधानिक बलमा । के यो व्यवस्थामा वैधानिक बाटोबाट दुईतिहाइ बहुमतसँगै सत्तामा गएर आफ्नो एजेन्डा लागू गराउँछु भन्न पाइन्न ?’

सर्वसम्मतिबाट पारित प्रतिवेदनबारे जिज्ञासा राख्दा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले नागरिकले तिरेको कर दुरुपयोग अहिलेको संघीय मोडलका कारण भएको बताए ।

‘१० जना कर्मचारीले चलाउन सकिन्छ भने २५ जना कर्मचारीको भार बोकेर किन खर्च बढाउने ? अहिलेको प्रादेशिक संरचना यस्तै भएको छ । यो भद्दा छ । जनताको गाँस कटाएर तिरेको कर दुरुपयोग भएको छ । पार्टीहरूले नेता कार्यकर्तालाई व्यवस्थापन गर्न यसको प्रयोग गरेका छन्,’ अर्यालले भने, ‘यसैले जनताले रगतको खोलो बगाएर ल्याएको व्यवस्थाको हामी विरोधी होइनौं, तर व्यवस्थाले जनताको अवस्था परिवर्तन गर्नुपर्छ भन्नेमा हामी छौं । यसैले अहिलेको मोडालिटीको प्रदेश संरचना परिवर्तन गर्नुपर्छ भन्ने रास्वपाको मत हो ।’

यो संवेदनशील विषय भएको भन्दै रास्वपाले अहिलेको संरचनाको विकल्पमा जनताले बुझ्ने गरी नयाँ मोडल अगाडि सार्ने जानकारी उनले दिए ।

अहिलेको संघीयताको मोडल हुँदा पनि र खारेज नै गरे पनि जनताले परिवर्तन बोध गर्न नपाउने भएकाले नयाँ मोडल आवश्यक हुने उनी बताउँछन् । 

‘हामीले अहिले गरेको अभ्यासको मोडल परिवर्तन गर्नुपर्छ मात्रै भनेका छौं । यसैले जनताले बुझ्ने गरी विज्ञ, सरोकारवाला र नगारिकसँग छलफल गरेर कम्तीमा ५० वर्षका लागि काम गर्ने मोडल र रोडम्याप तयार गर्ने तयारीमा छौं,’ उनले भने, ‘अब सचिवालय र कार्यसम्पादन समितिको बैठक बसेर हामी कस्तो प्रादेशिक संरचना बनाउने हो त्यसका लागि कार्यदल गठन गर्छौं ।’ 

संघीयताविद् डा. खिमलाल देवकोटा संघीयतामा सुधार मात्रै भन्ने तर विकल्प ल्याउन डराउने प्रवृत्ति दलहरूले त्याग्नुपर्ने बताउँछन् । जनताले विरोध गरेका छन् भनेर पपुलिस्ट कुरा गर्नेभन्दा कसरी सुधार गर्न सकिन्छ भन्ने प्रस्ट दृष्टिकोण आवश्यक भएको उनको तर्क छ । 

‘यहाँ संघीयताको मात्रै कुरा छैन, निर्वाचन प्रणालीमा सुधार गरेमात्रै हामीले यो व्यवस्थालाई कामकाजी र कम खर्चिलो बनाउन सक्छौं । केन्द्रमा समानुपातिक प्रणाली खारेज गरेर १६५ निर्वाचन क्षेत्रभित्रै समानुपातिक समावेशिता लागू गर्नुपर्छ । मन्त्रालय बढीमा १५ राख्नुपर्छ । प्रदेशमा पनि प्रत्यक्षका ३३० क्षेत्रको मात्रै समावेशी र मन्त्रालय बढीमा ५ राखेपछि खर्च कटौती हुन्छ,’ उनले भने, ‘राष्ट्रपति दुईपटकमात्रै हुन पाउने भनेपछि प्रधानमन्त्रीलाई पनि दुईपटकभन्दा बढी नदिऊँ । मन्त्री र सांसद पनि तीन/चारपटक भन्दा बढी हुन नपाउने गरी सीमा तोक्ने हो भने शासकीय प्रणाली र संघीयता सुधार हुँदै जान्छ ।’

संख्या घटाएपछि केन्द्रले नीतिगत काम गरेर विकास निर्माण गर्ने गरी प्रदेशलाई कामकाजी बनाउनुपर्ने उनको भनाइ छ । भूगोल र जनसंख्यामा नेपालभन्दा तीन गुणा ठूलो जर्मनीमा १६ राज्य र १५ वटा मात्रै मन्त्रालय भएको उदाहरण दिँदै उनले नेपालमा पनि मन्त्रालय घटाउन आवश्यक रहेको बताए ।

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

कात्तिक २३, २०८०

मंगलवार सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकको एजेण्डालाई लिएर अहिले चौतर्फी बहस भइरहेको छ । ‘१२ बुँदे सम्झौता पक्षीय’ नेताहरूको निर्णय र निष्कर्ष थियो, ‘गणतन्त्रमाथि भएको प्रहारवि...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x