२८ असार २०८३, आइतबार

दरबारमार्गमा खुल्यो हुम्तोको नयाँ शोरूम

मंसिर २२, २०८०
काठमाडौं
दरबारमार्गमा खुल्यो हुम्तोको नयाँ शोरूम

​'ट्रेकिङ गियर' तथा 'आउटडोर स्पोर्ट्सवेर'का लागि चर्चित ब्रान्ड 'हुम्तो'ले दरबारमार्गमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।

न्युरोडको नेपा कम्प्लेक्समा पहिलो शोरूम सञ्चालनमा ल्याएको हुम्तोले दरबारमार्गको मर्कन्टाइल प्लाजामा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो ।

कुमारी इंक प्रालिले 'इम्पोर्ट' गरेका हुम्तोका सामानहरूको आधिकारिक बिक्रेता जाल्पा इन्टरनेसनल प्रा.लि. हो ।

अब न्युरोडसँगै दरबारमार्गबाट पनि हुम्तोका सामानहरू खरिद गर्न सकिने कुमारी इंक तथा जाल्पा इन्टरनेसनल प्रा.लि.का डाइरेक्टर सुदर्शन न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।

null

हुम्तोमा ट्रेकिङ र आउटडोर स्पोर्ट्सका लागि आवश्यक पर्ने जुत्ता, ज्याकेट, टीशर्ट, हुडी, क्याप, ब्याग, क्याम्पेन टेन्ट, बोत्तलदेखि स्टिकसम्मका सामान उपलब्ध छन् ।

'ट्रेकिङ र आउटडोर स्पोर्ट्सका लागि आवश्यक सबैखाले सामानहरू उपलब्ध छन्,' न्यौपानेले भने, 'विश्वभर चर्चामा रहेको ब्रान्डका गुणस्तरीय सामान रिजनेबल प्राइसमा उपलब्ध गराएका छौं ।'

यस ब्रान्डको स्थापना सन् १९८५ मा अमेरिकामा भएको थियो ।

अहिले विश्वका कैयन मुलुकमा ट्रेकिङका लागि हुम्तो पहिलो रोजाइको ब्रान्ड रहेको दाबी न्यौपानेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्