०२ साउन २०८३, शनिबार

‘वरिष्ठ बलराम’ आउँदो तीजमा प्रदर्शनमा आउने

मंसिर २५, २०८०
काठमाडौं
‘वरिष्ठ बलराम’ आउँदो तीजमा प्रदर्शनमा आउने

दयाहाङ राई, खगेन्द्र लामिछाने र दिव्या रायमाझीको शीर्ष भूमिका रहने चलचित्र ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति तय गरिएको छ । 

सुरेन्द्र पौडेलको निर्देशन रहने चलचित्र आगामी वर्षको हरितालिका तीजमा प्रदर्शनमा आउने निर्माता रोहित अधिकारीले जानकारी दिए । 

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यसै चलचित्रमार्फत अभिनेत्रीका रुपमा​ डेब्यू गर्न लागेकी छन् । निर्माता अधिकारीका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु गर्ने तयारी छ । 

खगेन्द्र लामिछानेको कथा रहेको चलचित्रमा अधिकारीसँगै ओमप्रकाश अग्रवालको लगानी रहनेछ । मनोज ओली र रामु न्यौपाने चलचित्रको सह–निर्माता छन् । 

नरेन्द्र मैनालीको छायाङ्कन रहने चलचित्रको गीतमा सुजन चापागाईँको संगीत रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्