×

NMB BANK
NIC ASIA

कौसीखेतीबाट मनग्य आम्दानी गर्दैछन् पूर्वप्रहरी खत्री

कञ्चनपुर | मंसिर २७, २०८०

NTC
फाइल फोटो
Premier Steels

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन् ।

Muktinath Bank

उनको कौसीमा बाँसले बनाएका र्‍याकमा गोलभेँडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारीले हराभरा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उनको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् ।


Advertisment
Nabil box
Kumari

उक्त बारीमा नभएको कुनै बिरुवा छैन । ‘२०६६ सालमा प्रहरीबाट सेवा निवृत्त भएपछि मैले खेती शुरू गरेको हुँ ।’ उनले भने, ‘शुरूवातमा घरमा खानलाई उत्पादन गर्न खोजेको हुँ, अहिले बिक्री गर्न थालेको छु, मासिक चार/पाँच हजार आम्दानी हुन्छ ।’

Vianet communication

आफूसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको उनले बताए । ‘यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ । त्यसमा घर बनेको छ । तरकारी खेती गर्न ठाउँ छैन ।’ खत्रीले भने, ‘जग्गा नभएपछि छतमा खेती शुरू गरेँ, यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ ।’

तरकारी बिक्रीबाट मासिक चार/पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उनले बताए । ‘केही गरौँ भन्ने भावना भएको मानिस कहिले बेरोजगार हुँदैन ।’ उनले भने, ‘यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन् ।’ 

उनले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताए । ‘मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन ।’ उनले भने, ‘घरको उत्पादनले आफू पनि स्वस्थ भइन्छ आम्दानी पनि हुन्छ ।’अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उनले बताए । ‘छोरो बीएससी सीएसआई र छोरी बीएससी अध्ययन गर्दै छन् ।’ उनले भने, ‘तरकारी बिक्रीबाट आएको रकमले घरखर्च सबै चलेको छ ।’

उनी कृषि सँगसँगै भाषा संस्कृति संरक्षणमासमेत सक्रिय छन् । २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका उनी ‘हो... जिल्ला बैतडी’ बोलको देउडा गीतका रचनाकारसमेत हुन् ।

बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको इतिहास समेटेर बजारमा ल्याएको उनको उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x