मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
माले– भारत र माल्दिभ्सले शुक्रबार द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् । बैठकमा मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैनिकको प्रतिस्थापनको समीक्षा भएको छ । भारत सरकारले निर्धारित समयभन्दा पहिले नै सैनिक प्रतिस्थापन गर्ने जनाएको छ ।
यसअघि नै मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्स सरकारले औपचारिकरूपमा भारतलाई मालेबाट सेना फिर्ता लैजान अनुरोध गरेको थियो ।
माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरेको उल्लेख छ । ‘विकास र रक्षा सहयोग लगायत आपसी हितका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारले मे १० सम्ममा तीनवटा उड्डयन प्लेटफर्ममध्ये अन्तिममा सैन्य कर्मचारीहरू प्रतिस्थापन गरी तालिकाअनुसार अघि बढिरहेकोमा दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् ।’
उच्चस्तरीय समूहको पाँचौँ बैठक आपसी सहमतिअनुसार जुनरजुलाई महिनामा मालेमा आयोजना गर्ने सहमति भएको छ । गत महिना विदेश मन्त्रालयले माल्दिभ्समा भारतीय कर्मचारीहरूको पहिलो ब्याचलाई प्राविधिक कर्मचारीहरूले प्रतिस्थापन गरेको बताएको थियो ।
माल्दिभ्सका जनतालाई मानवीय र चिकित्सा निकासी सेवाहरू प्रदान गर्ने भारतीय उड्डयन प्लेटफर्महरूको निरन्तर सञ्चालन सक्षम पार्न भारत र माल्दिभ्स दुवै पारस्परिक व्यावहारिक समाधानमा सहमत भएका छन् ।
गत महिना विदेश मन्त्रालयले भारतीय प्राविधिक कर्मचारीहरूको पहिलो ब्याच रक्षाकर्मीहरू प्रतिस्थापन गर्न माल्दिभ्स पुगेको बताएको थियो । तेस्रो बैठक चाँडै हुने अपेक्षा गरिएको छ ।
मुलुकबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । हाल माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुव हेलिकप्टरसहित करिब ७० जना भारतीय सैनिक तैनाथ छन् ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...