०२ साउन २०८३, शनिबार

ग्लोबल आईएमई बैंकको विशेष घर कर्जा योजना, न्यूनतम् ब्याजदर ९.९९ प्रतिशत

पुस ६, २०८०
काठमाडौं
ग्लोबल आईएमई बैंकको विशेष घर कर्जा योजना, न्यूनतम् ब्याजदर ९.९९ प्रतिशत

ग्लोबल आईएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा (होम लोन) योजना सार्वजनिक गरेको छ । 

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाले सहज रुपमा कर्जा सार्न सकिने कम्पनीले जनाएको छ ।

यस विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । बैंकले ग्राहकलाई छिटो, छरितो एवम् सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहीत रही आवश्यक कागजातहरू पेश गरेको ३ कार्य दिन भित्र विनाझन्झट कर्जा प्रवाह गर्नेछ ।

‘ग्राहक महानुभावहरूले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरूबाट यो सुविधा उपभोग गर्न सकिने छ । सीमित अवधिका लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध छ,’ बैंकले शुक्रवार जारी गरेको छ । 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्