०३ साउन २०८३, आइतबार

‘सक्किगोनि’ टिमले आगामी महिना चलचित्र निर्माणको औपचारिक घोषणा गर्ने

पुस १०, २०८०
काठमाडौं
‘सक्किगोनि’ टिमले आगामी महिना चलचित्र निर्माणको औपचारिक घोषणा गर्ने
सिरियलको एक दृश्यमा शीर्ष कलाकारहरू

अहिलेको चर्चित हास्य टेलिश्रृङखला ‘सक्किगोनि’को टिमले चलचित्र निर्माणको तयारी गरेको धेरै भइसकेको छ ।

यो टिमले ‘भद्रगोल’ टेलिसिरियल ल्याउँदा नै चलचित्र निर्माणको तयारी थियो । त्यतिबेला चलचित्रको नाम, निर्देशक र अभिनेतासमेत फाइनल भइसकेको थियो । 

सुरुवातमा चलचित्रलाई निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने तय भइसकेको थियो । उनले एडभान्स रकम समेत लगिसकेका थिए । यद्यपि, पछि उनले कथा चित्त नबुझेको भन्दै चलचित्र छाडे । 

त्यस्तै, सुरुवातमा चलचित्रको शीर्ष भूमिकामा अभिनेता विपिन कार्कीलाई फाइनल गरिएको थियो । तर, लामो समयसम्म चलचित्र बनेन् । बीचमा कोभिडका कारण पनि निर्माण टिमले चलचित्रतर्फ ध्यान दिएन । 

यद्यपि, अब भने ‘सक्किगोनि’ टिमले चलचित्रको निर्माणको तयारीलाई तीव्र रुपमा अगाडि बढाएको छ ।

आगामी महिना घोषणा गर्नेगरी तयारी भइरहेको ‘सक्किगोनि’स्रोतले जानकारी दिएको छ । ‘माघ १ गते निर्माण र नाम घोषणा गर्ने तयारी हो’ टिमभित्रका एक सदस्यले भने, ‘सोही योजनाअनुसार अहिले धमाधम स्क्रिप्टमा काम चलिरहेको छ ।’ 

सोसल–कमेडी जनरामा चलचित्र निर्माण हुनेछ ।

चलचित्रका लागि समय दिनुपर्ने भएकाले ‘सक्किगोनि’ टिमले सिरियलको छायांकन पनि दिनरात नभनी गर्ने गरेको छ ।

अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को लेखन एवं निर्देशन रहँदै आएको ‘सक्किगोनि’ निकै चर्चित टेलिसिरियल हो ।

सिरियलका अधिकांश पात्रहरू दर्शकमाझ निकै चर्चित छन् । 

salt training

कमेन्ट गर्नुहोस्