माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडाैं | पुस १५, २०८०
प्रहरीको लापरवाही र समन्वय अभावले शुक्रवार ललितपुरको बालकुमारीमा देशका दुई होनाहार युवाले अनाहकमा ज्यान गुमाउनुपर्यो ।
वैदेशिक रोजगारीमा गएर घरको ऋण तिर्ने र भाइबहिनी पढाउने सुजन राउत र वीरेन्द्र शाहको सपना खरानी भयो । जसको मृत्यु भयो उनीहरू बेरोजगार नेपाली युवाका प्रतिनिधि पात्र हुन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियामा जाने परीक्षामा सहभागी हुन पाऊँ भन्दै आन्दोलित बेरोजगार युवाको प्रदर्शनमा प्रहरीको दमन भयो ।
बालकुमारीमा मन्त्रीको गाडी जल्यो । सार्वजनिक यातायातमा तोडफोड भयो र केही घाइते भए । राजधानीको मुटुमा यस्तो घटना कसरी भयो, यसबारे खासकुरो छानबिन समितिले ल्याउला । तर, प्रहरीको लापरवाहीका कारण बालकुमारी घटना भएको कुराको निष्कर्ष निकाल्न छानबिन समितिको रिपोर्ट कुर्नु परेन ।
युवाको प्रदर्शन छ भन्ने जान्दाजान्दै मन्त्रीले त्यही बाटो हिँड्नु या मन्त्रीलाई त्यो बाटोमा जान दिनुमा प्रहरीको कमजोरी देखिन्छ । घटनापछि ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह हेडक्वार्टर तानिएका छन् ।
सामान्यतया भीडमा गोली चलाउनुपूर्व प्रहरीले प्रमुख जिल्ला अधिकारीसँग अनुमति माग्नुपर्छ । सुरक्षा स्रोतका अनुसार शुक्रवार प्रहरीले प्रजिअसँग समन्वय गरेको थिएन । नैतिक जिम्मेवारीका कारण प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालयमा तानिएका छन्, यो प्रशासनिक कुरा भयो ।
तर, बालकुमारी घटनाको आर्थिक–सामाजिक कोणबाट पर्याप्त चर्चा भएको छैन ।
घटना होइन, प्रवृत्ति
दुईजनाको ज्यान जानेगरी शुक्रवार ललितपुरमा भएको घटना भवितव्य नभएर एउटा प्रवृत्तिको रूपमा हेर्नुपर्छ । कुनै नाजायज माग राखेर युवाले आन्दोलन गरेका थिएनन् । रोजगारीका लागि कोरिया जान पाउने आशामा परीक्षामा सहभागी हुन पाऊँ भन्दै प्रदर्शन गरेका थिए । यस्ता प्रदर्शन अनियन्त्रित हुनु सरकारमा रहेका राजनीतिक दलले सिकाएको संस्कारको उपज हो ।
आन्दोलन भइरहेको ठाउँमा सरकारका मन्त्रीहरू जाँदा तोडफोड गर्ने आन्दोलनको भाषा र शैली बनिसकेको छ । भएका रोजगारी खुम्चिँदै जानु र देशमा बेरोजगारीको समस्या विकराल बन्दा यस्ता झडपका घटना भइरहेका छन् ।
युवाहरू किन विदेश जान मरिहत्ते गरिरहेका छन् ? देशमा न कुनै रोजगारीको अवसर छ, न केही गर्छु भन्ने युवालाई काम गर्ने वातावरण छ ।
बेरोजगारी समस्या यसैगरी बढ्दै जाँदा ‘बालकुमारी’ घटना आगामी दिनमा पनि हुनेछन् । विडम्बना भन्नुपर्छ, यस्ता घटना हुन नदिन राजनीतिक दलहरू प्रतिबद्ध छैनन् ।
विमानस्थलमा लर्को, प्रसार्ईंहरूलाई मसला !
बालकुमारी घटनालाई राजनीतिकरण गर्न शुरू भइसकेको छ । कसैले विज्ञप्ति निकालेर कर्मकाण्ड पूरा गरेका छन् भने कुनै दल सडकमै ओर्लेका छन् ।
पुराना दलको कुशासनका कारण देशमा बेरोजगारी समस्या सिर्जना भएको आरोप लगाउने रास्वपाका नेताहरू असन्तुष्टिलाई भजाएर राजनीतिको रोटी सेक्ने ध्याउन्नमा लागेका छन् । रास्वपा सभापति रवि लामिछानेले अस्पतालमा मृतकको शव हेरेर सरकारविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन् ।
राजनीतिक रूपमा अत्यन्त अपरिपक्क आचरण देखाउँदै आएकी सांसद डा. तोसिमा कार्की (१७००० प्लस २)को प्लेकार्ड लिएर सरकारको विरोधमा उत्रिएकी छन् । २०६२ सालमा इराकमा १२ जना नेपाली मारिएपछिको प्रतिक्रियामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले इराकका आतंककारी र नेपालका आतंकाकारी (माओवादी) उस्तै हुन् भनेर प्रतिक्रिया दिएका थिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आफैँ सरकारमा सहभागी भइसकेकी तोसिमाले गरेको टिप्पणी तुच्छ र अराजनीतिक हो । यदि प्रचण्ड १७ हजारको हत्यामा दोषी हुन् भने उनी नेतृत्वको सरकारमा किन सहभागी भएकी हुन् ?
शासकीय क्षमतामा अक्षमता, कुशासन, परिवारवादमा फसेको भनेर प्रचण्डलाई आलोचना गर्नु राजनीतिक नै हुन्छ । तर, शान्ति सम्झौताको अस्तित्व स्वीकार गरेर बनेको संविधानअनुसार सांसद बनेकी तोसिमालगायत वैकल्पिक भनिएकाहरूले गरिरहेको आरोप उत्ताउलो छ ।
आलोपालो गर्दै सत्तामा ३० वर्षदेखि रजगज गरेका परम्परागत राजनीतिक दलको अक्षमताका कारण देशमा बेरोजगारी बढेको भनेर उनीहरूले आरोप लगाउनु पर्छ । राजनीतिक दलका नेताको प्रत्येक भाषणमा बेरोजगारी समस्या र युवा पलायनको कुरा गरिरहेका छन् । तर, युवालाई पलायन हुन बाध्य नपार्न र स्वदेशमा रोजगारी सिर्जना गर्न के काम गरे ?
ईपीएसमार्फत कोरिया जान होस् कि लाखौं खर्च गरेर कोष्टारिका–ग्वाटेमाला हुँदै अवैद्य बाटोबाट अमेरिका छिर्न, युवाले मरिहत्ते गरिरहेका छन् । बेरोजगारीको भयाभह अवस्था बालकुमारीमा प्रकट भएको छ ।
राजनीतिक दलका नेताले यो घटनालाई कसरी बुझेका छन्, बेग्लै कुरा भयो । तर, राजधानी शहरमा मन्त्रीलाई गाडीबाट सडकमा झारेर गाडीमा आगो लगाउने अवस्था आउनु देशका लागि सामान्य घटना होइन ।
बढ्दो भ्रष्टाचार र भयाभह बेरोजगारी समस्या समाधानमा राजनीतिक दलले ठोस काम गरेनन् भने मन्त्रीलाई सडकमा झारेर गाडीमा आगो लगाउने घटना दोहोरिने छन् ।
बालकुमारीमा भएको घटनाले केवल दुर्गा प्रसाईं या सरकारप्रति आक्रोश व्यक्त गरिरहेका समूहलाई मलजल गर्नेछ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...