×

NMB BANK
NIC ASIA

आमा समूहको सक्रियता बढेसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढ्यो

घरमै सुत्केरी भए कालो टीका !

बाग्लुङ | पुस २१, २०८०

NTC
फाइल फोटो
Premier Steels

केही वर्ष अघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बागलुङको बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि नै स्वास्थ्य चौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ ।

Muktinath Bank

गाउँमा चालू आर्थिक वर्ष शुरू भएपछि १५ जना सुत्केरी भए । उनीहरू सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा एउटा सक्रिय आमा समूह छ । गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ ।


Advertisment
Nabil box
Kumari

घरमै सुत्केरी भए गाउँघरमा अशुभ मानिने कालो टीका लगाउनुपर्ने भएकाले दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । 'गर्भजाँच नगरे पनि पहेँलो टीका लगाउनुपर्छ, आठपटक गर्भ जाँचेर स्वास्थ्यचौकीमा सुत्केरी भए बल्ल रातो टीका लगाउन पाइन्छ', बज्रबाङकी रविना विकले भनिन्, 'मैले सबै जाँच पूरा गरेर स्वास्थ्य संस्थामा बच्चा जन्माएकी हुँ ।' 

Vianet communication

आमा समूहले उक्त अभियान शुरू गरेदेखि कोही पनि घरमा सुत्केरी भएका छैनन् । घरमा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा हुनसक्ने जोखिमको विषयमा सबै महिलाले जानकारी पाएका छन् ।​ यहाँका पुरुषले पनि आमा समूहको यो अभियानलाई सहयोग गरेका छन् ।

गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए । सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास यहाँको परम्परागत मान्यताका कारण सफल हुन सकेका थिएनन् । तर अहिले समूहमा आबद्ध भएका महिला आफैंले कालो टीकाको नियम लगाएका हुन् । 

'आफैंले बनाएको नियम आफैंले नमान्न भएन नि', बज्रबाङकी स्वास्थ्य स्वयंसेवीका रुपमाया घर्तीले भनिन्, 'अहिले गर्भवती खोजीखोजी स्वास्थ्य संस्था जाने गरेका छन्', यो आमा समूहले गर्भवती, सुत्केरी र नवजात शिशुका विषयमा सचेतनाका कार्यक्रम, पोषणसम्बन्धी सचेतनाका कार्यक्रमसमेत चलाउने गरेका छन् ।

गाउँमा भएका गर्भवती र सुत्केरीको विषयमा जान्न बुझ्न यो आमा समूहको नियमित बैठक हुन्छ । त्यही बैठकले सबै आमा र बच्चाको सुरक्षित भविष्यको विषयमा योजना बनाउँछ तथा कार्यान्वयन गर्छ ।​

तीनवर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । विवाइसी बागलुङसँग मिलेर त्यहाँ क्लिनिकका लागि भवन बनेको छ ।

गर्भजाँचका लागि बोंगादोभान स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् । त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा रु दश हजार खर्च गाउँपालिकालेनै दिने गरेको छ । 

'बर्थिङ सेन्टर भएकाले गाउँपालिकाभरिकै गर्भवती यहाँ आउनुहुन्छ, होम डेलीभरी शून्यमा झारेका छौं', बोंगादोभान स्वास्थ्यचौकीका अहेव रविना बुढा मगरले भनिन्, 'अहिले गाउँपालिकाले चिकित्सकसमेतको व्यवस्था गरेकाले धेरै सजिलो हुन्छ ।'

स्वास्थ्य संस्थामा आएका अधिकांश गर्भवतीलाई समयमा नै समस्याको पहिचान गर्ने र अन्यत्र पठाउनुपर्ने भए समयमै पठाउने गरेको उनले सुनाइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x