×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा कति छन् मतदाता र मतभार ?

काठमाडाैं | पुस २२, २०८०

NTC
फाइल फोटो
Premier Steels

निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि सातै प्रदेशका मतदाताको संख्या र मतभार सार्वजनिक गरेको छ । 

Muktinath Bank

प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचनमा आयोगले आइतवार सातवटै प्रदेशका मतदाता र मतभार सार्वजनिक गरेका हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतवार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन भएको आयोगले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभा सदस्यको लागि प्रदेश सभा सदस्यको प्रतिसांसद मतभार ५३, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका प्रतिमतदाता मतभार १९ रहेको छ । 

Vianet communication

आगामी माघ ११ गते १९ सिटका लागि यिनै मतदाता गर्ने निर्वाचनको मतभारबाट निर्वाचन परिणाम आउनेछ । 

कोशीमा ३६७ मतदाता, १०१३५ मतभार

प्रकाशित नामावलीअनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ९३ छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २७४ छ । यी दुवैतर्फ गरी कोशीमा जम्मा ३६७ जना मतदाता कायम भएको आयोगले जनाएको छ । 

कोशीमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ रहेको छ । दुवैको गरी कोशीमा जम्मा १०१३५ मतभार रहेको आयोगले जनाएको छ । 

मधेसमा ३७४ मतदाता, १०७४४ मतभार

मधेश प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ रहेको छ । निर्वाचनमा दुवैको गरी ३७४ जना मतदाता रहेका छन् । 

मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ मतभार छ । यी दुवैको गरी मधेसमा जम्मा १०७४४ मतभार रहेको छ । 

बागमतीमा ३४७ मतदाता, १०३३३ मतभार 

बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फको ११० मतदाता छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाताको संख्या २३७ छ । दुवैमा गरी बागमतीमा ३४७ जना मतदाता छन् । 

प्रदेश सभा सदस्यको मतभार ५८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४५०३ छ । जसको जम्मा मतभार १०३३३ रहेको आयोगले जनाएको छ । 

गण्डकीमा २३० मतदाता, ६४१० मतभार 

गण्डकी प्रदेशमामा प्रदेश सभा सदस्य ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १७० छ । जहाँ कुल मतदाता २३० जना छन् ।

गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३१८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३२३० छ । जसको कुल मतभार ६४१० छ । 

लुम्बिनीमा मतदाता ३०५, मतभार ८७५३

लुम्बिनीमा प्रदेश सभा सदस्य तर्फको ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फका मतदाता २१८ जना छन् ।  जसमा कुल मतदाताको संख्या ३०५ रहेको छ । 

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४१४२ रहेको छ । जसमा जम्मा ८७५३ मतभार कायम छ । 

कर्णालीमा १९६ मतदाता, ५०८४ मतभार

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यतर्फ मतदाता ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता १५६ जना छन् । जसको कुल संख्या  १९६ जनाको छ । 

यो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २१२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २९६४ रहेको छ । जसको कुल मतभार ५०८४ छ ।

सुदूरपश्चिममा २२८ मतदाता, ६१०० मतभार

सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ रहेको छ । जसको कुल संख्या २२८ छ ।

प्रदेश सभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ३३४४ रहेको जसको जम्मा ६१०० मतभार रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x