×

NMB BANK
NIC ASIA

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण सेवा प्रभावित

धरान | माघ १, २०८०

NTC
Premier Steels

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेएचआईएस)का चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलनले अस्पतालको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ ।

Muktinath Bank

बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै भएको आन्दोलनका कारण आज आकस्मिक कक्षबाहेकका ओपिडी तथा बिल काउन्टर बन्द छन् । आन्दोलनकारी प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा डा प्रल्हाद कार्कीको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् । उनीहरुले आइतबारदेखि अस्पतालका सेवा ठप्प पारेका थिए । अस्पतालका सेवा ठप्प भएपछि टाढाबाट उपचार गराउन आएका बिरामी समस्यामा परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    प्रतिष्ठानका कर्मचारीले यसअघि गत असोज र कात्तिकमा आन्दोलन गरेका थिए । करिब एक महिनाको आन्दोलन पछि गत कार्तिक २० गते भएको वार्तामा प्रतिष्ठान प्रशासन र आन्दोलनरत पक्षबीच विधि प्रक्रिया पुरा गरेर पुस २ देखि १५ गतेसम्म बढुवाका लागि अन्तरवार्ता अघि बढाइने सहमति भएको थियो ।


Advertisment
Nabil box
Kumari

    सहमतिअनुसार अन्तर्वार्ता प्रक्रिया सुरु नभएपछि आन्दोलनकारी पुस २४ देखि पुनःआन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानस्थित शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले पुस २६ गते विज्ञप्ति जारी गरेर पुस २८ सम्म प्रक्रिया अघि नबढाएर पुस २९ देखि प्रतिष्ठानका सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । सोहीअनुसार सेवा ठप्प पारिएको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले बताइन् ।

Vianet communication

    गत पुस २५ गते प्रतिष्ठानका कार्यकारी समिति (कास)को बैठक बोलाइए पनि कामु उपकुलपति प्रा डा कार्की अनुपस्थित भएपछि बैठक बस्न सकेन । त्यसपछि आन्दोलनरत कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाजले कामु उपकुलपति प्रा डा कार्कीलाई प्रतिष्ठानमा प्रवेश गर्न नदिने जनाएका  छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x