×

NMB BANK
NIC ASIA

कोशीमा एमाले–राप्रपाको चुनावी तालमेलले सत्ता गठबन्धनलाई असर पर्छ ?

विराटनगर | माघ ८, २०८०

NTC
Premier Steels

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गर्ने भएका छन् ।

Muktinath Bank

दुई दलबीच चुनावी गठबन्धन गरेर जाने सहमति भएको राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तीप्रसाद सिटौलाले बताए । ‘एमालेले हाम्रो पार्टीका उद्धव पौडेललाई सघाउने सहमति भएको छ’, सिटौलाले भने ‘हामीले एमालेकी रुक्मिणी कोइरालालाई सघाउँछौं ।’​​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार भएको छलफलमा एमालेका सचिव रघुवीर महासेठ, नेता शेरधन राई, हिकमतकुमार कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, राप्रपाका प्रदेश अध्यक्ष राम थापा र नेता भक्ति सिटौला सहभागी थिए ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई रोक्नका लागि एमाले–राप्रपाबीच सहमति भएको टिप्पणी नेताहरूले गरेका छन् ।

Vianet communication

राप्रपालाई सघाउँदा सबै भोट नखस्ने डर एमालेलाई छ । त्यसैले गर्दा स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल भइरहेको नेताहरू बताउँछन् ।

एकै तीरले दुई वटा सिकार गर्ने रणनीतिमा एमाले देखिन्छ ।​

अन्यतर्फ खुल्लामा राप्रपाका उद्धव पौडेल र एमालेका परशुराम अधिकारी उम्मेदवार छन् । राप्रपा उम्मेदवार पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा हुन् ।

२०७९ को चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच सहकार्य भएको थियो । राप्रपालाई राष्ट्रिय सभामा सघाएर आफ्नै कित्तामा राख्ने रणनीति एमालेको रहेको छ । ससुरालाई सघाएपछि रवि लामिछाने पनि विपक्षी मोर्चामा एमालेसँगै रहिरहने एमालेका नेताहरूको विश्लेषण रहेको छ ।

झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम संखुवासभा भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको कार्यक्रम सकेर कांग्रेसका सिटौला विराटनगर आइसकेका छन् ।

सिटौलालाई भोट माग्न डाक्टर शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले जिल्ला जिल्लामा पुगेर भोट मागेका थिए । कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे चुनावी कमान्डर बनेर खटिरहेका छन् । उनी सिटौला सँगसँगै सबै जिल्लामा गएका थिए । गगन थापालाई समेत विराटनगरमा ल्याउने तयारी सिटौला पक्षको रहेको छ ।

null

कोशी प्रदेशमै संस्थापन इतर समूहले विद्रोह गरेकाले संस्थापन इतरका नेताहरूलाई भेला गराएर सिटौलाले आफ्नो माहोल बनाइ रहेका छन् ।

कोशीमा एमालेको ४ हजार २१० र राप्रपाको ३९४ मतभार रहेको छ । यो मत जितका लागि पुग्ने बहुमत भने होइन ।

कोशीमा गठबन्धनका पनि कांग्रेस र माओवादीका मात्रै उम्मेदवार छन् ।

उम्मेदवार नभएका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा)को समेत मत तान्ने रणनीतिमा एमाले रहेको छ ।

नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रहरूको ५७ मत रहेको छ । यी सबैलाई एकत्रित गर्न सके ५ हजार १३५ मत प्राप्त गर्ने रणनीतिमा एमाले–राप्रपा रहेका छन् ।​

कांग्रेसको ३ हजार ७२२ र माओवादीको १ हजार २७८ मात्रै हुने छ । उक्त मत भार ५ हजार मात्रै हुन्छ । अन्य गठबन्धनमा रहेका जनप्रतिनिधिहरूको मत चोर्ने एमाले राप्रपाको तयारी रहेको छ ।​

यस्तो छ अंकगणित 

कोशी प्रदेशमा स्थानीय तहका २७४ (प्रमुख/उपप्रमुख) र प्रदेशका ९३ (सांसद) गरी कूल ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।

प्रदेश सभाका ९३ सांसदमध्ये एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४  र जसपाका १ जना छन् ।

प्रदेश सभातर्फ एमालेको २१२०, कांग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ । 

स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १३७ पालिकाका २७४ मध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, कांग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५४८३ मतभार हुनेछ, जुन एमालेको भन्दा १२६४ ले बढी हो ।

स्वतन्त्रमा धरानका मेयर हर्क साम्पाङ, भोजपुरको साल्पासिलिछो गाउँपालिकाका प्रमुख दौलथ कुलुङ र ओखलढुङ्गाको माने भञ्ज्याङ गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र रुम्दाली रहेका छन् ।

मेयर साम्पाङले कता मतदान गर्छन् भन्ने टुंगो नभए पनि अन्य दुईजनाले कहाँ मतदान गर्छन् भन्ने टुंगो लागिसकेको नेताहरूको भनाइ छ । कुलुङ एमाले र रुम्दाली कांग्रेसका बागी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x