
दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पुजार सार्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
छायांकनअगावै सार्वजनिक गरिएको फस्टलुक पुरानो शैलीमा तयार पारिएको छ । पोस्टरमा फिल्मका तीन अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई प्रस्तुत गरिएको छ । यी स्टार अभिनेताहरू फस्टलुकमा पृथक लुक्समा छन् ।
यो फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बुले पनि शीर्ष भूमिकामा अभिनय गर्दैछन् ।
विकास सुवेदीको लेखन रहेको फिल्मको निर्मातामा सुवास भुसाल छन् । छायांकनको तयारीमा रहेको फिल्मलाई राजेश श्रेष्ठले खिच्दैछन् ।
जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथामा फिल्म निर्माण हुन लागेको हो ।