×

NMB BANK
NIC ASIA

उत्तरी नाइजेरियामा बारुदी सुरुङ विस्फोटमा १२ को मृत्यु

काठमाडाैं | माघ १७, २०८०

NTC
Premier Steels

उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा क्यामरुनको सिमानामा बोको हराम जिहादीहरू सक्रिय रहेको क्षेत्रमा एउटा गाडी बारुदी सुरुङमा पर्दा १२ जना दाउरेको मृत्यु भएको उक्त क्षेत्रमा काम गर्ने दुई गैरसरकारी सङ्गठन (एनजिओ) ले बुधबार बताएका छन् । 
काठ जम्मा गर्नेहरू दाउरा सङ्कलन गर्न झाडीतिर जाँदै गर्दै सोमबार उनीहरूले लगेको फ्ल्याट–बेड सवारी पुल्का गाउँबाहिरको राजमार्गमा बोको हराम जिहादीहरूले लगाएको खाडलमा पल्टिएको एनजिओले दुई रिपोर्टमा भनेका छन् ।

Muktinath Bank

उत्तरपूर्वी नाइजेरिया एक दशकभन्दा लामो समयदेखि जिहादी विद्रोहको केन्द्रमा छ । यहाँ आतङ्कवादीहरूलाई द्वन्द्वको चरमोत्कर्षमा नियन्त्रित भूमिको ठूलो हिस्साबाट पछाडि धकेले पनि उनीहरूले अहिले पनि ग्रामीण क्षेत्रहरूलाई निशाना बनाउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक रिपोर्टमा भनिएको छ, “बोको हराम हुनसक्ने आशङ्का गरिएका मानिसहरूले विस्फोटक पदार्थ राखेका थिए र पुल्काबाट ग्वोजा मार्गमा १२ जनाको हत्या गरेका छन्, दुई जना घाइते भएका छन् ।” अर्को रिपोर्टअनुसार मृतकको सङ्ख्या समान भएको र अन्य सात जना दाउरे घाइते भएको तथा तीमध्ये तीनको अवस्था गम्भीर भएकाले उनीहरूलाई उपचारका लागि मैदुगुरी लगिएको छ । 


Advertisment
Nabil box
Kumari

नाइजेरियाली सुरक्षा बलले विस्फोटको पुष्टि गर्न अनुरोध गर्दा जवाफ दिएको छैन । हालैका दिनमा सर्वसाधारणलाई निशाना बनाइने बारुदी सुरुङ विस्फोटका घटना बढेका छन् । उक्त विस्फोट जिहादीहरूले गराएको आरोप लगाइएको छ । 

Vianet communication

बोको हरामले सन् २०१४ मा ग्वोजामाथि कब्जा गर्दै आफ्नो कथित खलिफाको मुख्यालय बनाएको थियो । सन् २०१५ मार्चमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो तर जिहादीहरूले अहिले पनि क्यामरुनको सिमानामा पहाडहरूमा लुकेका स्थानहरूबाट वरपरका गाउँहरूमा आक्रमण गर्छन् । यस क्षेत्रका बासिन्दाहरू ग्वोजा र नजिकको पुल्कामा भागेका छन् । त्यहाँ उनीहरू सैन्य सुरक्षाअन्तर्गत शिविरहरूमा बस्छन् । 

झाडीहरूमा जाने बासिन्दा विशेषगरी बबुलको फल र जलेका काठ सङ्कलन गर्ने महिलाहरूको हत्या वा अपहरण गर्नबाट आतङ्ककारीहरूलाई रोक्न सेनाले क्षेत्रमा गस्तीहरू सञ्चालन गर्छन् । 

बोको हराम र प्रतिद्वन्द्वी इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तमा दाउरे, किसान र गोठालाहरूलाई निशाना बनाउनेका रूपमा परिचित छन् । दुवै आतङ्ककारी समूहले उनीहरूलाई सेना र जिहादी विरोधी मिलिसियाका लागि जासुसी गरेको आरोप लगाउँछन् । 

सन् २००९ मा कट्टरपन्थी इस्लामिक समूहले विद्रोह सुरु गरेपछि कम्तीमा ४० हजार मानिस मारिएका छन् र २० लाखभन्दा बढी विस्थापित भएका छन् । विद्रोह छिमेकी मुलुकहरू चाड, नाइजर र क्यामरुनमा फैलिएको छ । त्यसैले आतङ्कवादीहरूसँग लड्नका लागि क्षेत्रीय सैन्य बलको निर्माण भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x