मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ अस्ट्रेलिया उडेका छन् । केही साताअघि कतारमा प्रस्तुति दिएर फर्किएका उनी आइतवार बिहान अस्ट्रेलियातर्फ लागेका हुन् ।
‘हल्का रमाइलो’ फेम्ड अभिनेत्री पुजन घिमिरे ‘पुकु’का साथ अस्ट्रेलिया लागेका उनको त्यहाँ एक महिनाको बसाइ रहनेछ । त्यसक्रममा केही स्टेज कार्यक्रममा यी दुईले प्रस्तुति दिनेछन् भने सिरियलको छायांकन समेत गर्नेछन् ।
अस्ट्रेलिया उड्दै गर्दा बल्छीले लोकान्तरसँग भने, ‘केही कार्यक्रममा प्रस्तुति दिन्छौं । घुमघाम त हल्का भइहाल्छ । हल्का रमाइलोको एउटा एपिसोड उतै खिच्नेछौँ । त्यस्तै सर्टफिल्म र म्युजिक भिडियो समेत छायांकन गर्नेछौँ ।’
‘हल्का रमाइलो’मा अस्ट्रेलियाको आकर्षक दृश्यहरू देखाउने प्रयास रहने बल्छीले बताए ।
उनका अनुसार नेपालबाट अध्ययनको शिलशिलामा अस्ट्रेलिया पुगेका विद्यार्थीको संघर्षको कथामा सर्ट फिल्म बनाउने तयारी छ ।
त्यस्तै, उनकै स्वरमा रहेको एउटा गीतको छायांकन समेत बल्छीले अस्ट्रेलियामा गर्नेछन् ।
‘पुकु’ले आफ्नो अस्ट्रेलिया यात्रा पहिलो पटक रहेको बताउँदै उत्साहित रहेको सुनाइन् ।
‘हल्का रमाइलो’ सिरियलमा ‘बल्छी धुर्वे’ र ‘पुकु’ प्रेमी–प्रेमिकाको रुपमा देखिँदै आएका छन् ।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...