०३ साउन २०८३, आइतबार

‘नराम्रो नजर’मा प्रकाश र कुसुमको जोडी [भिडियो]

माघ २१, २०८०
काठमाडौं
‘नराम्रो नजर’मा प्रकाश र कुसुमको जोडी [भिडियो]

‘सकम्बरी’ गीतको भिडियोमा प्रकाश सपूत र कुसुम शर्माको जोडीलाई दर्शकले निकै रुचाए । 

त्यसपछि यी दुई अभिनीत ‘माया गरिदेउ’, ‘मुटु कटक्कै’ लगायतका गीतलाई समेत दर्शकले रुचाएका छन् । 

शनिवारमात्रै प्रकाश र कुसुम अभिनीत नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ । ‘नराम्रो नजर’बोलको उक्त प्रेमिल गीतमा विकास राणा र रचना रिमालको स्वर छ । 

हरि लम्सालको शब्द, संगीत र एरेन्जमा गीत तयार भएको हो । 

निकेश खड्काको निर्देशनमा तयार भिडियोमा प्रकाश र कुसुमको केमेस्ट्री सुहाएको देखिन्छ । 

हरि हुमागाईँको छायांकन, विकास धमलाको सम्पादन रहेको ‘नराम्रो नजर’ गीत गायक विकास राणाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्