असोज ३०, २०८०
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
काठमाडाैं | माघ २८, २०८०
निर्देशक एवं अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले प्रदर्शनरत फिल्म ‘हात्तीछाप’ हेरेका छन् ।
प्रिमियरमा निम्तो पुगेर पनि उपस्थित हुन नसकेका उनीहरूले शनिबार राती काठमाडौंको बीग मुभिज पुगेर फिल्म हेरेका हुन् ।
हलबाट निस्किँदै गर्दा स्वस्तिमाले फिल्म रमाइलो लागेको बताइन् । ‘ट्रेलरमा हेरेको भन्दा फिल्ममा धेरै कुराहरू छ । ट्वीस्ट एन्ड टर्नहरू छ । हात्तीछाप भनेको के भन्नेबारेमा पनि सोच्ने मौका पाएकी थिइँन’ उनले भनिन्, ‘समग्रमा भन्नुपर्दा फिल्म रमाइलो लाग्यो ।’
उनले अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको काम गर्ने तरिका फरक–फरक रहेको बताइन् । भनिन् –‘सौगात दाइले जहिले पनि केही फरक गर्ने कोसिस गर्नुहुन्छ । दया दाइको अभिनय अग्र्यानिक छ । हामी भने सौगात दाइको क्यारेक्टरमा निकै रमाइलो गरिरहेका थियौँ । तर, फिल्मको कथावस्तु दया दाइले अगाडि बढाउनु भएको छ ।’
स्वस्तिमाले अभिनेत्री उपासना सिंह ठकुरीको कामको पनि प्रशंसा गरिन् ।
यस्तै, निर्देशक निश्चल बस्नेतले ‘हात्तीछाप’लाई मनोरञ्जनात्मक फिल्म भनेका छन् । उनले भने– ‘मलाई फिल्म ठिकै लाग्यो । अझै धेरै राम्रो हुन सक्थ्यो भन्ने लागेको छ । तर, फिल्म निकै रमाइलो छ । हेर्दा ठाउँ–ठाउँमा मज्जाले हँसाइरहेको थियो ।’ निश्चलले फिल्मको शीर्षकअनुसार कथावस्तु सार्थक भएको पनि बताए ।
फिल्म भित्रको राजनीतिक विषयको बारेमा निश्चलले भने – ‘नेपालको राजनीतिक अवस्था नै डामाडोल रहेकाले हरेक फिल्ममा यसको मुद्दा उठ्नु स्वाभाविक नै हो । यसमा पनि आफ्नै तरिकाले राजनीतिलाई देखाइएको छ । फिल्म मनोरञ्जनात्मक छ । दर्शकले हेर्नुभयो भने पक्कै पनि रमाइलो मान्नु हुन्छ होला ।’
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्म शुक्रबारबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आएको हो ।
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...