०३ साउन २०८३, आइतबार

‘हात्तीछाप’ हेर्न पुगे निश्चल र स्वस्तिमा, हलबाट निस्किँदै गर्दा कस्तो प्रतिक्रिया दिए ?

माघ २८, २०८०
काठमाडौं
‘हात्तीछाप’ हेर्न पुगे निश्चल र स्वस्तिमा, हलबाट निस्किँदै गर्दा कस्तो प्रतिक्रिया दिए ?

निर्देशक एवं अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले प्रदर्शनरत फिल्म ‘हात्तीछाप’ हेरेका छन् । 

प्रिमियरमा निम्तो पुगेर पनि उपस्थित हुन नसकेका उनीहरूले शनिबार राती काठमाडौंको बीग मुभिज पुगेर फिल्म हेरेका हुन् । 

हलबाट निस्किँदै गर्दा स्वस्तिमाले फिल्म रमाइलो लागेको बताइन् । ‘ट्रेलरमा हेरेको भन्दा फिल्ममा धेरै कुराहरू छ । ट्वीस्ट एन्ड टर्नहरू छ । हात्तीछाप भनेको के भन्नेबारेमा पनि सोच्ने मौका पाएकी थिइँन’ उनले भनिन्, ‘समग्रमा भन्नुपर्दा फिल्म रमाइलो लाग्यो ।’ 

उनले अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको काम गर्ने तरिका फरक–फरक रहेको बताइन् । भनिन् –‘सौगात दाइले जहिले पनि केही फरक गर्ने कोसिस गर्नुहुन्छ । दया दाइको अभिनय अग्र्यानिक छ । हामी भने सौगात दाइको क्यारेक्टरमा निकै रमाइलो गरिरहेका थियौँ । तर, फिल्मको कथावस्तु दया दाइले अगाडि बढाउनु भएको छ ।’ 

स्वस्तिमाले अभिनेत्री उपासना सिंह ठकुरीको कामको पनि प्रशंसा गरिन् । 

यस्तै, निर्देशक निश्चल बस्नेतले ‘हात्तीछाप’लाई मनोरञ्जनात्मक फिल्म भनेका छन् । उनले भने– ‘मलाई फिल्म ठिकै लाग्यो । अझै धेरै राम्रो हुन सक्थ्यो भन्ने लागेको छ । तर, फिल्म निकै रमाइलो छ । हेर्दा ठाउँ–ठाउँमा मज्जाले हँसाइरहेको थियो ।’ निश्चलले फिल्मको शीर्षकअनुसार कथावस्तु सार्थक भएको पनि बताए । 

फिल्म भित्रको राजनीतिक विषयको बारेमा निश्चलले भने – ‘नेपालको राजनीतिक अवस्था नै डामाडोल रहेकाले हरेक फिल्ममा यसको मुद्दा उठ्नु स्वाभाविक नै हो । यसमा पनि आफ्नै तरिकाले राजनीतिलाई देखाइएको छ । फिल्म मनोरञ्जनात्मक छ । दर्शकले हेर्नुभयो भने पक्कै पनि रमाइलो मान्नु हुन्छ होला ।’ 

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्म शुक्रबारबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्