×

NMB BANK
NIC ASIA

'संघीयताका कारण नागरिकका गुनासो सिधै सरकारसमक्ष पुर्‍याउने अवस्था आयो'

कास्की | फागुन १, २०८०

NTC
Premier Steels

गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउँदै छ । गाउँगाउँमा सिंहदरबारको सपना देखाएर आएको संघीयताले नागरिकलाई सन्तुष्ट पार्न भने अझै सकिरहेको छैन । 

Muktinath Bank

राजनीतिक दलप्रति नागरिकको असन्तुष्ट दिनप्रतिदिन बढ्दो छ । संघीयतामा नै प्रश्न गर्ने गर्नेहरुपनि उत्तिकै देखिने थालेका छन् । तर संघीयताले  नागरिकका गुनासो सिधै सरकारसमक्ष पुर्‍याउने अवस्था ल्याएको बताउँछन् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विगतमा जनताका प्रश्न सिधै सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्ने सक्ने अवस्था सिर्जना भएको छ । नजिकको सरकार भएको कारण त्यो अनुभूति जनताले गर्न पाएको हो नि,’मुख्यमन्त्रीले भने । 


Advertisment
Nabil box
Kumari

मंगलबार पोखरामा आयोजना भएको गण्डकी प्रदेश सरकार गठनपछिका उपलब्धि विषयक परिसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले संघीयताका कारण नागरिकले आफ्ना गुनासो सिधै सरकारसमक्ष पुर्‍याउने अवस्था बनेको  बताएका  हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नीति तथा योजना आयोग र नेपाल पत्रकार महासंघ कास्कीको संयुक्त आयोजनामा भएका कार्यक्रममा वक्ताका रुपमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता खगराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष आनन्दराज मुल्मी र प्राध्यापक डा चन्द्रा भद्रा थिए । 

Vianet communication

कार्यक्रममा प्रश्नको जवाफ दिँदै मुख्यमन्त्रीले फेवाताल सम्बन्धि सर्वोच्च अदालतको फैसला जसरीपनि कार्यान्वयन हुने बताए । 

यस्तै पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भएको जानकारी दिए । संसदमा नै गाँजा विधेयक ल्याउने तयारी गरिरहेका मुख्यमन्त्रीले गाँजा औषधीजन्य पदार्थ रहेको दाबी गरेका छन् । घरेलु मदिरालाई ब्राण्डिङ गर्न गण्डकी सरकार लागेका छ । यसले साधारण व्यक्तिको आयआर्जनमा मद्दत पुर्‍याउने धारणा मुख्यमन्त्रीले राखेका छन् ।

‘लोकल मदिरा बनाउन लुक्नुपर्ने, अन्य ब्रान्डका रक्सी बनाउन लुक्नुनपर्ने अवस्था छ । गुणस्तर नभए गुणस्तर कायम गरौं । साधारण जनजीविका चलाएका मानिस सानो भए पनि आयआर्जन गर्न सक्छन्,’ उनले भने । 

कार्यक्रममा बोल्दै एमाले संसदीय दलका नेता खगराज अधिकारीले संघ सरकारसँग गुनासो पोखे । वित्तिय संघीयता महत्तवपूर्ण रहेको उनको जिकिर थियो ।

‘संविधान भनेको सार्वभौमसत्ताको विकेन्द्रीकरण पनि हो । यो कुरा केन्द्रीय सरकारमा रहने साथीहरुले पनि बुझ्नुप-यो,’ उनले भने । 

सत्ता गठबन्धनमा नमिलेको भागबण्डाका कारण ६ वर्षमा गण्डकीले चार मुख्यमन्त्री पायो । यही भागबण्डाको कारण नागरिकको अपेक्षा अनुसार दल काम गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए । राजनीतिक संस्कार सिक्दै सरकार नागरिकको जीवनस्तरमा केन्द्रित हुनुपर्ने राय उनको थियो । 

‘मुलुकले उपलब्धि गरेका कुरा कसरी संस्थागत गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो । जतिसुकै अवस्था आए पनि आफ्ना नागरिकको जीवनस्तर वृद्धिका लागि सरकार केन्द्रित हुनुपर्छ,’उनले भने । 

गण्डकी प्रदेश सरकार महिलाको नेतृत्वमा प्राविधिक र व्यावसायिक सेवा दिनुपर्ने प्राडा चन्द्रा भद्राले बताइन् । सोही अवसरमा प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि सार्वजनिक गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x