×

NMB BANK
NIC ASIA

देउवालाई गठबन्धन भत्किने त्रास

महासमितिको पूर्वसन्ध्यामा देउवा-गगन चर्काचर्की

काठमाडाैं | फागुन ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

महासमिति बैठकमा प्रस्तुत गरिने सांगठनिक प्रस्तावमै आगामी चुनावमा गठबन्धन गर्न नहुने र १५ औं महाधिवेशनका लागि अहिलेदेखि नै मिति तोक्ने प्रस्ताव समेटिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चर्काचर्की परेको छ ।

Muktinath Bank

आगामी चुनावमा कुनै पनि हालतमा गठबन्धन गर्न नहुने प्रस्ताव महामन्त्री थापाले अगाडि सारेपछि सभापति देउवा आक्रोशित बनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धन गरेर सरकारमा बसिरहेका बेला गठबन्धनको विषयमा निर्णय गर्दा राजनीतिकरूपले अप्ठ्यारो पर्ने भन्दै देउवाले यो विषय प्रतिवेदनमा समेट्न चाहेका छैनन् ।


Advertisment
Nabil box
Kumari

थापाले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्नेगरी गरेको कार्यतालिकाको प्रस्ताव र युथ कांग्रेससहितका विषयमा पनि सभापति देउवाले आपत्ति जनाएका छन् ।

Vianet communication
Laxmi Bank

उपसभापति पूर्णबहादुर खड्काको मूल प्रस्ताव, महामन्त्री थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमाथि २ दिन केन्द्रीय समितिमा छलफल भएको थियो । अलग समूहबाट निर्वाचित भएका नेताहरूले ल्याएको प्रस्तावमा संस्थागत लाइन नदेखिएपछि सभापति देउवा असन्तुष्ट बनेका हुन् । 

केन्द्रीय समिति बैठकमा आएका सुझावलाई समेट्दै प्रस्तावलाई महासमितिमा लैजाने निर्णय भएको थियो । तर, थापाले गठबन्धन र महाधिवेशनको कार्यतालिकामा अडान लिएपछि सभापति देउवासँग उनको चर्काचर्की परेको थियो । 

शुक्रबार साँझ केन्द्रीय समितिले प्रस्तावहरू संशोधनसहित पारित गर्ने निर्णय गरेपछि तत्काल छाप्न प्रेसमा पठाउनुपर्ने थियो । तर, गठबन्धन र महाधिवेशनको कार्यतालिकामा कुरा नमिलेपछि शनिबार दिनभर तनाव भएको एक नेताले बताए ।

‘प्रस्तावमाथि २ दिनको बैठकमा केही सुझाव आए पनि छलफल सौहार्द नै भएको थियो । तर, प्रस्ताव छाप्न प्रेसमा पठाउनुअघि गठबन्धनको विषय र महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद भएको हो,’ ती नेता भन्छन्, ‘सभापतिले चुनावी गठबन्धनबारे अहिले यसरी बोल्नुभएन, अहिल्यै घोषणा नगरौं, राजनीतिक रूपले अप्ठ्यारो पर्छ भने पनि महामन्त्रीले पूरै प्रस्ताव बदल्ने भए प्रस्ताव नै प्रस्तुत गर्दिनँ भनेर चेतावनी दिनुभएको छ ।’ 

शनिबार देउवाले फोनमार्फत पनि राजनीतिक रूपले अप्ठ्यारो पर्ने आशयका विषय संशोधन गरेर प्रस्ताव प्रेसमा पठाउन महामन्त्री थापालाई आग्रह गरेका थिए । तर, थापाले अहिलेको गठबन्धनको विरोध नगरेको भन्दै अर्को चुनावमा गठबन्धन नगर्ने विषयमा संशोधन गर्न नसकिने आशय व्यक्त गरेका थिए । यसपछि दुवैबीच चर्काचर्की भएको कांग्रेसका ती नेता बताउँछन् । 

‘सभापतिले विद्रोहीको जस्तो प्रस्ताव भयो भन्ने र महामन्त्रीले अराजनीतिक विषय नलेखिएको भन्दै अडान लिने स्थिति आएपपछि चर्काचर्की भयो भन्ने सुनेका छौं,’ कांग्रेसका ती केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘यसैले दुवै महामन्त्रीका प्रस्ताव प्रेसमा जान ढिलाइ भएपछि शनिबार दिनभर र रातिसम्मै मिलाउने प्रयास भएको थियो । तर, सफल भएन ।’

सभापतिसँग लफडा भएपछि थापाले प्रस्ताव नै अघि नबढाउने चेतावनी दिएको ती नेताले दाबी गरे । ‘प्रेसमा पठाउन ढिलाइ भइसक्दा पनि प्रस्तावमा तनाव देखिएपछि महामन्त्रीले यस्तै भइरहे मेरो प्रस्ताव नै आउँदैन भनेर चेतावनी दिनुभएको रहेछ,’ कांग्रेसका ती नेता भन्छन्, ‘यसपछि नेताहरूले भाषा मिलाएर भए पनि प्रस्ताव अगाडि बढाउने गरी पहल गरेको बुझेका छौं ।’ 

संस्थापन निकटका नेताहरूले गगनको प्रस्ताव विद्रोही र फरक दलको जस्तो गरी आएको भन्दै पुनर्लेखन नगरी अगाडि बढाउनै नहुने भनेर दबाब बढाइरहेका छन् ।

‘पार्टी एउटा, तर फरक दलको जस्तो संस्थापनलाई खुइल्याउने गरी प्रस्ताव आएको भन्दै सभापतिलाई रिपोर्टिङ गरेको पायौं,’ ती नेताले भने, ‘भएका विषयलाई मिलाउनतिर लाग्नेभन्दा सभापतिलाई उचाल्नेहरू हावी हुँदा तनाव बढेको हो ।’

तालमेल गरेर चुनावमा गए पनि कांग्रेसको मत नबढेको, सरकार हुनुको फाइदा उठाएर नागरिकलाई आशा बाँड्न नसकिएको भन्दै थापाले गठबन्धनको विरोध गरेका थिए । थापाको यही नीति पास गरे आलोपालोमा सरकारको नेतृत्व गर्नेगरी दाबी गर्न नैतिक संकट पर्ने बुझाइमा देउवा रहेको नेताहरू बताउँछन् । 

अर्कोतिर नियमित ४ वर्षमा महाधिवेशन गर्न पनि देउवा इच्छुक छैनन् । कम्तीमा पाँच वर्ष, अझ सकेदेखि साढे ५ वर्षमा मात्र महाधिवेशन गर्ने चाहना देउवाको देखिन्छ ।

पार्टीको मुख्य प्रस्तावमा नै कार्यतालिका ल्याए २०८२ मंसिरमै महाधिवेशन गर्न बाध्यात्मक अवस्था आउने भएकाले देउवा झस्किएका हुन् । तर, इतरपक्षले चुनावमा गठबन्धन गर्न नहुने र महाधिवेशनको कार्यतालिका तोक्ने विषयलाई सबैभन्दा महत्त्व दिँदै प्रतिष्ठाको विषय बनाएको छ ।

गठबन्धन गर्न नहुने र महाधिवेशन कार्यतालिकाको पक्षमा डा. शेखर कोइराला पनि छन् । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने गठबन्धनको विषयमा अहिले नै बोल्न आवश्यक नभएको भन्दै आफूलाई बीचमा राखेका छन् । महाधिवेशन कार्यतालिकाबारे थापासँग उनको पनि समान मत छ ।

थापासहितका नेता अर्को चुनावमा अरू पार्टीको चिह्नमा भोट दिन लगाउँदैनौं भन्ने ग्यारेन्टी महासमितिबाटै गर्नुपर्ने पक्षमा छन् । साथै, नेविसंघ र तरुण दल प्रभावकारी नभएको भन्दै थापाले अगाडि सारेको युथ कांग्रेसको प्रस्तावप्रति पनि संस्थापन पक्ष सशंकित देखिएको छ । 

‘पार्टीभित्र काम गर्नेको दायरा फराकिलो बनाउनुपर्छ । नेविसंघ तरुण दल भनेजस्तै, युथ कांग्रेस बनाउने प्रस्ताव तरुण दललाई काउन्टर गर्न आएको भनेर बुझिएको छ,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने, ‘तरुण दलको फरम्याटमा काम गर्न नचाहेका, नेविसंघमा सक्रिय नभएका र मुख्य गरी पढेलेखका शहरिया युवालाई जोड्न युथ कांग्रेस भनिएको हो । तर, यसमा अनावश्यक बखेडा गर्न खोजियो ।’

महामन्त्री थापाले शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा आफ्नो अडान दोहोर्‍याएका थिए । ‘अहिलेको गठबन्धन पाँचैवर्ष टिकाउनुपर्ने विषयमा आपत्ति छैन । यसमा लाग्नुपर्छ भन्नेमा मेरो फरक मत होइन । तर, अगामी निर्वाचनबाट कांग्रेस एक्लै अगाडि बढ्नुपर्छ भन्ने विषय प्रस्तावमा ल्याइएको हो,’ थापाले भनेका छन्, ‘विधानअनुसार महाधिवेशनको कार्यतालिका आयो भने आधा समस्या समाधान हुन्छ भनेर प्रतिज्ञा गरौं भनिएको हो । यसैले प्रस्तावमा सबै कुरा टुंगिसकेको छैन । छलफल गरेर टुंगोमा पुग्नै बाँकी छ ।’

राजनीतिक प्रस्तावमा महामन्त्री शर्माले गठबन्धनबारे अहिल्यै बोल्न उचित नहुने उल्लेख गरेका छन् । तर, कोशीको तनावलाई साम्य गर्न नसकिए प्रदेश र केन्द्रमा गठबन्धनको भविष्य नै संकटमा पर्न सक्ने उनको तर्क छ । देउवाले यो विषयमा पनि संशोधन चाहेका छन् । 

मुख्य विषयमा कुरा मिल्न बाँकी भएपछि फेरि सभापतिसहितका पदाधिकारीको बैठक बसेर प्रस्तावलाई अन्तिमरूप दिने तयारी भएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । 

‘भोलि दिउँसो १ बजे हाम्रो महासमिति बैठक उद्घाटन गर्नुपर्ने छ । मुख्य प्रस्तावहरू छापिन गएनन् भने ढिला हुन्छ,’ केन्द्रीय कार्यालयका एक सचिवले भने, ‘आज दिउँसो पनि सभापति र शीर्ष नेता बसेर प्रस्तावको विषयलाई मिलाएर प्रेसमा पठाउने तयारी छ ।’

संस्थापन पक्षका एक केन्द्रीय सदस्यले अलग पार्टी जसरी प्रस्ताव आए राजनीतिक रूपमा अप्ठ्यारो पर्ने बताए ।

‘लेख्न र भन्न क्रान्तिकारी कुरा सहज हुन्छ, तर कतिपय कुरा राजनीतिक रूपमा बाध्यात्मक पनि हुन्छ,’ ती नेता भन्छन्, ‘यसैले फरक पार्टीको जसरी प्रस्ताव लाने र चर्को कुरा गर्ने विषय व्यावहारिक हुन्न । व्यावहारिक निर्णय गरेर जानुपर्छ । जिम्मेवार नेता भएपछि धेरै विवादित विषयमा जोडबल गर्नुहुन्न । संयमता र धैर्यता महामन्त्रीहरूले पनि देखाउन सक्नुपर्छ ।’

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x