
काठमाडौंको सीतापाइलामा थप एक जना मृत फेला परेका छन् । स्वयम्भूको जंगलमा एक पुरुष सालको रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यसअघि एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका थिए । प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार उनीहरू कोठाभित्रै मृत भेटिएका हुन् ।
अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।