×

NMB BANK
NIC ASIA

बागमतीका पाँच लाख ५० हजार बाख्रालाई लगाइयो पीपीआर खोप

मकवानपुर | फागुन २०, २०८०

NTC
Premier Steels

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पीपीआर खोप अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइएको छ ।

Muktinath Bank

यही फागुन १६ गतेदेखि शुरू भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौथो दिन शनिवारसम्ममा पाँच लाख ४९ हजार ८१ बाख्रा जातमा खोप लगाइसकिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख एवं प्रवक्ता सुजन कँडेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशका सबै जिल्लास्थित पशु सेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरद्वारा अभियान सञ्चालन गरिएको उनले बताए।


Advertisment
Nabil box
Kumari

पहिलो दिनको तुलनामा दोस्रो दिनदेखि हजारौं बाख्रामा खोप लगाइएको तथ्याङ्क रहेको छ ।

Vianet communication

बुधवारदेखि शुरू भएको कार्यक्रमअन्तर्गत शनिवारसम्म करिब पाँच लाख बाख्रामा खोप लगाइएको भन्दै  हालसम्म भेडामा खोप नलगाइएको प्रवक्ता कँडेलले बताए । 

प्रदेशको काभ्रेमा ६४ हजार छ सय ८८, ललितपुरमा १२ हजार सात सय ४७, काठमाडौंमा १४ हजार दुई सय ९४, भक्तपुरमा तीन हजार एक सय ४३ बाख्रामा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

दोलखामा ५६ हजार नौ सय ४०, सिन्धुपाल्चोकमा ४३ हजार चार सय नौ, रामेछापमा ४४ हजार पाँच सय २७, सिन्धुलीमा ६४ हजार दुई सय ४२ खोप लगाइएको प्रवक्ता कँडेलले जानकारी दिए ।

उनका अनुसार मकवानपुरमा ७५ हजार छ सय २८, चितवनमा ४० हजार पाँच सय ६३, नुवाकोटमा ५४ हजार पाँच सय सात, रसुवामा सात हजार ३७ र धादिङमा ६३ हजार छ सय २५ बाख्रामा पीपीआर खोप लगाइएको छ ।

नेपालमा पछिल्लो समय पीपीआर रोगका कारण धेरै सङ्ख्यामा भेडा बाख्राको मृत्यु भएको छ ।

रोगका कारण किसानले ठूलो मात्रामा नोक्सानी व्यहोर्नु परेकाले विगतका वर्ष झैँ यसवर्ष पनि अभियान सञ्चालन गरी खोप लगाइएको कृषि, पशुपन्छी तथा मत्स्‍य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा गौरीमान श्रेष्ठले बताए । 

खोप अभियान फागुन २२ गतेसम्म सञ्चालन हुनेछ ।

'करिब १५ लाख भेडा बाख्रामा खोप लगाउने लक्ष्यका साथ काम गरिरहेका छौं', निर्देशक श्रेष्ठले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x