×

NMB BANK
NIC ASIA

नाइजेरियामा अपहरणमा परेका २५० विद्यार्थीको उद्धार गर्न सेना परिचालन

काठमाडाैं | फागुन २६, २०८०

NTC
Premier Steels

कानो–नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ । 

Muktinath Bank

कादुना राज्यमा भएको उक्त घटना एक हप्तामा भएको दोस्रो सामूहिक अपहरण हो । पछिल्ला केही बर्षहरूमा उक्त क्षेत्रमा सशस्त्र आपराधिक गिरोहले गाउँ, विद्यालय तथा राजमार्गहरूमा फिरौती भुक्तानीको खोजीमा पीडितहरूलाई लक्षित गर्ने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कादुना राज्यका स्थानीय सरकारी अधिकारीहरूले बिहीवार अपहरणको पुष्टि गरेका छन् । यद्यपि उनीहरूले कति बालबालिकाहरू अपहरण भएका छन् भन्ने तथ्याङ्क भने दिएका छैनन् । 


Advertisment
Nabil box
Kumari

आक्रमणका क्रममा कम्तीमा एक जनाको गोली हानी मृत्यु भएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

Vianet communication

जीएसएस कुरीगा विद्यालयका शिक्षक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले बिहीबार हवाई फाएर गरी विद्यालयका कर्मचारी र धेरै विद्यार्थीहरू लिएर गएको बताए । 

उनका अनुसार स्थानीय अधिकारीलाई १८७ जना विद्यार्थीहरू विद्यालयबाट र अन्य १०० जना प्राथमिक कक्षाहरूबाट अपहरण गरेका थिए । स्थानीय बासिन्दाले करिब २८० जना बालबालिका र शिक्षक अपहरणमा परेको बताएका छन् ।

एक स्थानीय अगुवाका अनुसार डाकुहरूले गोली चलाएको र आफुहरू भेला हुँदासम्म बच्चाहरूलाई जम्मा गरी भागेका थिए । 

सुरक्षा प्रमुखहरूबाट दुई घटनाको बारेमा जानकारी प्राप्त गरेपछि तत्काल उनीहरूको उद्धाका लागि निर्देशन दिएको राष्ट्रपति बोला टिनुबुद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

बालबालिकाको उद्धारका लागि सेना परिचालनका लागि आदेश दिएको र छिट्टै सेना उक्त क्षेत्रमा पुग्ने उनले बताए ।

अप्रिल २०१४ मा बोको हरामका लडाकुहरूले बोर्नो राज्यको चिबोकबाट २५०  भन्दा बढी विद्यार्थी अपहरण गरेपछि उक्त घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भएको थियो । तीमध्ये केही बालिका अझै बेपत्ता छन् ।

बोर्नोमा गत हप्ताको सामूहिक अपहरणपछि १०० भन्दा बढी मानिसहरू बेपत्ता भएको प्रत्यक्षदर्शीहरूले बताएका थिए । 

तर प्रहरी र स्थानीय प्रशासनले कुरीगा विद्यालयबाट अपहरणमा परेका बालबालिकाको तथ्याङ्क सार्वजनिक गरेको छैन । 

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शुक्रवार एक्समा एक पोस्टमा कादुनामा भएको अपहरणको निन्दा गदै यस्ता भयानक आक्रमणका लागि जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउन र हिंसा तथा अपहरणजस्ता घटनालाई नियनत्रण गर्न नाइजेरिया सरकारसँग आग्रह गरेका छन् । 

संयुक्त राष्ट्र बाल कल्याण एजेन्सी (युनिसेफ)ले पनि बिहीवारको आक्रमणको निन्दा गर्दै विद्यार्थीहरूको सुरक्षाका लागि सरकारसँग आह्वान गरेको छ ।

युनिसेफ नाइजेरियाका निर्देशक क्रिस्टियन मुन्डुएटले विज्ञप्तिमा विद्यालयहरू डर र हिंसाका स्थलहरू नभई शिक्षा र विकासको आधार बन्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x