×

NMB BANK
NIC ASIA

व्यक्तिगत लगानीमा क्रिकेट रंगशाला

निरन्तरको मेहनत, आँट र साहसले साकार भयो रंगशाला बनाउने विनोदको सपना

बुटवल | चैत ३, २०८०

NTC
तस्विर सौजन्य: नेपाल क्रिकेट संघ (क्यान)
Premier Steels

निदाएको बेला सपना जति देखिन्छ त्यति नै धेरै बिर्सिन्छ पनि । निदाउँदा देखिने सपना केवल सपना हो । तर, सपना देखेर हिँड्नेका लागि सपना यात्रा हो, गन्तव्य हो । सचेत मनले देखेको सपनाले मान्छेलाई निदाउन दिँदैन ।

Muktinath Bank

क्रिकेटप्रति अति रूचि राख्ने गुल्मीका विनोद कुँवरले विदेशमा काम गर्दैगर्दा एउटा सपना देखे, ‘आफ्नै देशमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने । त्यहीँ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट ‘टुर्नामेन्ट’ हुनेछन् । युवा उमेरमै अध्ययनको लागि अष्ट्रेलिया पुगेका विनोदको अथक मेहनतले रंगशाला बनाउने सपना पूरा भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देहीको तिलोत्तमा–१७ मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाएर विनोदले आफ्नो साकार पारेका छन् । एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण भएर प्रतियोगितासमेत भइसक्यो । ९ महिनामै क्रिकेट रंगशाला बनाउनुअघि विनोद धेरै अविश्वास र चुनौतीहरूबाट घेरिएका थिए । तर, कुँवरले चुनौतीलाई अवसरको रूपमा लिए । ‘देशमा एउटा क्रिकेट मैदान बनाउने कार्यलाई ठूलो अवसरको रूपमा लिएँ,’ खुसी साट्दै कुँवरले भने, ‘अब मैदानमा अन्तर्राष्ट्रिय खेल समेत खेलाउन सकिन्छ । पहिलो चरणको काम सकिएको छ । अब दोस्रो चरणका काम अघि बढ्दैछन् ।’


Advertisment
Nabil box
Kumari

null

Vianet communication

सानैदेखि क्रिकेट खेलका ‘फयान’ विनोदलाई अहिले विश्वभर रहेका नेपालीलाई रंगशालाले चिनाएको छ । राज्यले बनाउन नसकेको रंगशाला निजी क्षेत्रबाट बनाएपछि उनको चौतर्फी प्रशंसा भइरहेको छ । ‘मलाई निदाउन नदिएको एउटा सपना पूरा भएको छ,’ विनोद भन्छन्, ‘अब देशमा क्रिकेट रंगशाला छैन भन्ने अवस्था रहेन । सरकारले र निजी क्षेत्रले हामीले निर्धारण गरेको निश्चित शुल्क तिरेर प्रतियोगिताहरू आयोजना गर्न सक्नेछन् ।’ 

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेर दाम कमाएका उनले त्यसलाई नेपालमा ल्याएर नाममा रूपान्तरण गरेका हुन् । क्रिकेट खेलप्रति निजी क्षेत्रबाट यति ठूलो लगानी गर्नुले यसप्रति धेरै आशा र सम्भावनाको ढोकासमेत खुलेको छ । रंगशाला निर्माणसँगै राम्ररी सञ्चालन गर्न पनि जरूरी रहेको कुँवर बताउँछन् ।  रंगशाला निर्माणसँगै रूपन्देही अब आर्थिक मात्र नभई खेलकूदको पनि ‘हब’ बन्ने उनको विश्वास छ । 

जेठ २९ शिलान्यास गरी रंगशाला निर्माण थालिएको थियो । निर्माण सुरू गर्नुअघि विनोदले १० करोड रूपैयाँमा जग्गा खरिद गरेका थिए । ९ महिनामा खेल खेल्न मिल्नेगरी रंगशाला तयार भए पनि अन्य भौतिक पूर्वाधारको काम भने अझै गर्नुपर्नेछ । 

पेभेलियन, चेन्जिङ रूम, क्यान्टिन, टेक्निकलका लागि रूम निर्माण कार्य गर्ने योजनाअन्तर्गत दोस्रो चरणको काम सुरू भएको एक्स्ट्राटेक ओभल प्रालि निर्देशक कुँवरले बताए । पहिलो चरणमा दर्शकका लागि ५ हजार क्षमताको प्याराफिट निर्माण कार्य गरिने छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमताको प्याराफिट निर्माण गर्ने उनको योजना छ । आगामी ३ वर्षभित्र यसको निर्माण कार्य सकाउने लक्ष्य विनोदको छ । 

२५ हजार दर्शक क्षमताको प्यारापिटसहितको रंगशाला पाँच वर्षभित्र तयार भइसक्ने उनले बताए । प्रालिका चिफ अप्रेटिङ अफिसर सुदीक्षा गौतमसँग नवनिर्मित क्रिकेट रंगशालाको स्वामित्व रहेको छ । गौतम विनोदकी पत्नी हुन् । पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल मैदानका ब्रान्ड एम्बासडर बनेर काम गरिरहेका छन् । क्रिकेट रंगशला होस्टल सहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्सिच्यूट हो ।

null

हाल अष्ट्रेलियामा बस्दै आएका कुँवर रंगशाला उद्घाटन गरी पहिलो प्रतियोगिता सकेर फर्किसकेका छन् । अब रंगशालामा प्याराफिटसहित अन्य संरचना बनाउन अझै ४० करोड बढीको लगानी लाग्ने विनोदको अनुमान छ । कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । उनले १८ करोड रूपैयाँको लागतमा प्याराफिटको काम यसै सातादेखि सुरू हुनेछ बताए । उनका अनुसार यो रंगशाला ५ वर्षमा पूरा हुनेछ । ‘हामीले यसलाई चरण–चरणमा बनाउँदै लाग्नेछौँ । पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्नेछ । मैदान तयार भएसँगै प्याराफिटसमेत यही हप्ता शिल्यान्यास हुन्छ र तयार गरिनेछ । यसरी क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना छ,’ विनोदले भने । 

विनोदले पाँच वर्षअघि नैं रंगशाला बनाउने सोच बनाएका थिए । एक दशक  अष्ट्रेलियामा बिताइसकेका उनले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्यूट खोलेका छन् । उनी आफैँ पनि आइटी इन्जिनियर हुन् । उनै इन्जिनियर कुँवर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर नेपालमा साकार बनाउन तल्लीन छन् । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनले पाएका छन् । 

null

एक्स्ट्राटेकसँगै भैरहवामा सिद्धार्थ रंगशाला पनि बनेको छ । कुँवरले अस्ट्रेलियामा स्थापना गरेको ‘एक्स्ट्राटेक ओभल’ ले अष्ट्रेलियामा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई योग्यता अनुरूपको काम दिलाउने गर्छ । छोटो समयमै अष्ट्रेलियाकै सिड्नी, मेलबर्न, क्यानबिरा, ब्रिसबेनलगायत विभिन्न ठूला शहरमा उनले ‘एक्स्ट्राटेक ओभल’ को शाखा पनि विस्तार गरिसकेका छन् । 

जसबाट कुँवरले पछि फर्कनुपरेको छैन । अष्ट्रेलियामा प्राप्त गरेको सफलताले मात्र उनलाई पूर्णत खुसी मिलेको छैन । नेपालमै केही गर्ने हुटहुटी छ । ‘विदेश गएपछि नेपालको झन बढी माया लाग्ने रैछ । पैसा कमाइन्छ, त्यो ठूलो कुरा होइन । त्यसपछि मलाई मेरो देशलाई मैले गर्नुपर्ने दायित्व के हो भनेर सम्झिएँ,’ विनोदले थपे, ‘त्यही दायित्वोधको योजना क्रिकेट रंगशाला हो ।’  रंगशालासम्म पुग्ने सहज बाटो छैन । त्यसका लागि राजनीतिक दलहरूले सहज बाटो बनाउने प्रतिवद्धता जनाएका छन् । राजमार्गदेखि रंगशाला ७ किलोमिटर पूर्वतर्फ पर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x