×

NMB BANK
NIC ASIA

भारतको आसन्न निर्वाचन र मोदीको दौडधूप

उत्तरपूर्वी क्षेत्रको २५ सीट सुरक्षित गर्ने मोदीको रणनीति, चुनावकै मुखमा भुटान भ्रमण

काठमाडाैं | चैत १०, २०८०

NTC
तस्वीर : प्रधानमन्त्री मोदीको एक्सबाट
Premier Steels

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार (२२ मार्च)देखि भुटानको दुई दिने राजकीय भ्रमणमा छन् । भारतमा लोकसभा चुनाव हुनु केही साताअघि गरिएको यो यात्रा दुई देशबीचको 'नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा' र 'छिमेकी पहिलो' नीतिसँग मिल्दोजुल्दो देखिन्छ ।

Muktinath Bank

भारतको वैदेशिक मामिला मन्त्रालयले मन्त्रालयले मोदीको भ्रमणअघि निकालेको विज्ञप्तिले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा लैजाने दाबी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा अप्रिलमा शुरू हुन लागेको करिब दुई महिना लामो आम चुनावअघि प्रधानमन्त्री मोदीको यो सम्भवतः अन्तिम विदेश भ्रमण हो । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेको भर्खरैको पाँचदिने भारत भ्रमणलगत्तै मोदीले भुटानको संक्षिप्त भ्रमण गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

भारत-भुटान सम्बन्ध

Vianet communication

भारतको वैदेशिक मामिला मन्त्रालयका अनुसार, भारत र भुटानले 'पारस्परिक विश्वास, समझदारी र सद्भावना' मा आधारित 'अद्वितीय र स्थायी' साझेदारी गरिरहेका छन् ।

यो 'विशेष सम्बन्ध' सन् १९४९  को भारत-भुटान मैत्री सन्धिमै उल्लेख गरिएको छ, जुन जुन पछि २००७ मा अद्यावधिक गरिएको थियो । दुई देशबीच सन् १९६८ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

भारत दशकौंदेखि भुटानको भरपर्दो मित्र हो । नयाँ दिल्ली भुटानको प्रमुख विकास साझेदार बनेको छ । इकोनोमिक टाइम्सका अनुसार भारतले भुटानलाई आफ्नो सामाजिक-आर्थिक विकासको लागि सन् १९६० को दशकको सुरुदेखि नै आर्थिक सहायता प्रदान गर्दै आएको छ ।

भुटानका प्रधानमन्त्री तोब्गेको भर्खरै सम्पन्न भएको भारत भ्रमणका क्रममा मोदीले भुटानको १३औं पञ्चवर्षीय योजनाका लागि नयाँ दिल्लीको समर्थन रहने वाचा गरेका थिए, जसमा आर्थिक प्रोत्साहन कार्यक्रमसमेत उल्लेख छ ।

भारत र भुटान दुवैले जलविद्युत, पूर्वाधार, स्वास्थ्य, शिक्षा, डिजिटल कनेक्टिभिटी र अन्तरिक्ष जस्ता विभिन्न क्षेत्रमा एकसाथ सहयोग आदानप्रदान गर्दै आएका छन् ।

भुटानमा प्रधानमन्त्री मोदी

भारतमा घोषित निर्वाचनको नमुना आचारसंहिता लागू भएको घोषणा भएपछि प्रधानमन्त्री मोदीले  छिमेकी मुलुकको भ्रमण गरेका हुन् ।

नमुना संहिता अनुसार निर्वाचनको मिति घोषणा भएपछि कुनै पनि प्रमुख नीतिगत निर्णय हुन सक्दैन । तसर्थ, मोदीको भुटान भ्रमणका क्रममा कुनै प्रमुख सम्झौता वा घोषणा हुने अपेक्षा गरिएको छैन ।

चुनावको मिति घोषणा भइसकेपछि भारतीय प्रधानमन्त्रीले विदेश भ्रमण गरेको निकै दुर्लभ इतिहास छ । 'मोदीको भुटान भ्रमणले थिम्पुसँगको सम्बन्धलाई भारतले दिएको महत्त्वलाई सङ्केत गर्ने हो,' हिन्दुस्तान टाइम्सले गरेको विश्लेष्णमा उल्लेख छ  ।

प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र उनका बुबा भुटानका चौथो राजा जिग्मे सिङ्ये वाङ्चुकलाई भेट्ने कार्यक्रम छ ।  उनले भुटानी समकक्षी छिरिङ तोब्गेसँग पनि वार्ता गर्नेछन् ।

मोदीले आफ्नो भ्रमणको क्रममा भुटानको महत्वाकांक्षी 'गेलेफु माइन्डफुलनेस सिटी' परियोजनाको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।

भुटानी राजाले गत डिसेम्बरमा भुटानको असमसँगको दक्षिणी सीमामा रहेको गेलेफुमा एउटा प्रमुख आर्थिक हब विकास गर्ने योजना सुरु गरेका थिए । 'थिम्पुले गेलेफुसँग जोड्ने रेल र सडक मार्ग र अन्तर्राष्ट्रिय उडान समायोजन गर्न गेलेफु एयरपोर्टको स्तरोन्नति गर्न भारतको सहयोग खोजिरहेको छ,' भारतीय मिडिया 'द हिन्दू'ले उल्लेख गरेको छ ।

भारत र भुटानले असमको गेलेफु र कोक्राझारबीच ५८ किलोमिटर रेलमार्ग निर्माण गर्ने योजना बनाएका छन् । असम र पश्चिम बंगाल हुँदै गेलेफुबाट प्रस्तावित गरिएको रुटले भुटानलाई समयसँगै म्यानमार, थाइल्याण्ड, कम्बोडिया र सिंगापुरसम्म पहुँच दिने बताइएको छ ।

मोदीले भुटानका राजा र नवनिर्वाचित प्रधानमन्त्रीलाई भेट्दा सीमापार रेल लिंकसहित द्विपक्षीय कनेक्टिभिटी परियोजनामा सहमत हुने सम्भावना छ । 'मोदीले गेलेफुमा अन्तर्राष्ट्रिय विमानस्थलको लागि भुटानको योजनालाई समर्थन गर्ने वाचा गर्न सक्छन्,' भारतीय सञ्चारमाध्यमहरूको भनाइ छ ।

'गेलेफु स्मार्टसिटी परियोजना ’ महामारीबाट प्रभावित भुटानी अर्थतन्त्रका लागि महत्वपूर्ण छ । गत नोभेम्बरमा भुटानी राजाको भारत भ्रमणका क्रममा यो पहललाई प्रमुख प्राथमिकतामा राखिएको थियो ।

स्रोतको हवाला दिँदै भारतीय सञ्चारमाध्यमहरूले मोदीले भुटान भ्रमणका क्रममा दुई देशहरू बीच ऊर्जा, पूर्वाधार र सीमापार व्यापारमा नयाँ पहल गर्न सक्नेछन् ।

भारतीय जनता पार्टी (बीजेपी) ले उत्तरी पूर्व क्षेत्रमा २५ भन्दा बढी लोकसभा सीट जित्ने लक्ष्य राखेको छ । प्रधानमन्त्री मोदीले छिमेकी देशहरूसँग सम्पर्क बढाउन आफ्नो सरकारले चालेका कदमहरू हाइलाइट गर्न भुटान भ्रमण प्रयोग गर्न सक्ने व्याख्या विज्ञहरूले गरिरहेका छन् ।

चीन कारक

भुटानमा चीनको बढ्दो उपस्थिति भारतका लागि चिन्ताको विषय हो । नयाँ दिल्लीले चीन र भुटानबीच सीमांकनमा भएको वार्तालाई नजिकबाट हेरिरहेको छ ।

थिम्पुको चीनसँगको सीमा विवादले भुटानको अघिल्लो सरकारको कार्यकालमा संकट उत्पन्न भएको थियो । जसले भारतलाई सतर्क बन्न बाध्य तुल्याएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार थिम्पु र बेइजिङ बीचको सम्झौतामा भारत, भुटान र चीनको त्रिदेशीय बिन्दू नजिकै रहेको डोकलामलाई लिएर भारत चिन्तित छ ।

भारतले डोक्लाम पठारलाई भुटानको निर्विवाद क्षेत्र मान्दछ, जबकि बेइजिङले यसलाई सिक्किम र भुटानको बीचमा रहेको चुम्बी उपत्यकाकै विस्तारित भूमि मान्दछ ।

यो पठार रणनीतिक रूपमा महत्त्वपूर्ण सिलिगुडी कोरिडोरको नजिक छ, जसले भारतीय मुख्य भूमिलाई उत्तर पूर्वी क्षेत्रसँग जोड्छ । यो करिडोरले भारतलाई तिब्बत, नेपाल, भुटान र बंगलादेशसँग पनि जोड्छ ।

गत वर्ष, भुटान र चीनले दुई देश बीचको सीमाको 'सीमाकरण र सीमांकन'मा संयुक्त प्राविधिक टोली बनाउन सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

चीन र भुटानबीचको कुनै पनि सम्झौतालाई लिएर भारत चिन्तित देखिन्छ । चीन भुटानसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गर्न पनि इच्छुक छ ।  यस पृष्ठभूमिमा दुवै देशका प्रधानमन्त्रीहरू बीचको ब्याक-टू-ब्या भ्रमणले भुटान र भारतबीचको सम्बन्ध बलियो बन्दै गएको संकेत दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x