×

NMB BANK
NIC ASIA

सुरक्षा परिषद्‍द्वारा पहिलोपटक गाजामा युद्धविरामको माग

काठमाडाैं | चैत १३, २०८०

NTC
Premier Steels

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलोपटक सोमबार मुलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ । 

Muktinath Bank

दक्षिणी इजराइलमा हमासले अक्टोबर ७ मा गरेको हमलाका क्रममा बन्दी बनाइएका सबै बन्धकहरूको रिहाइको माग गरिएको प्रस्तावको मतदानमा अमेरिका अनुपस्थित रहेको छ । यद्यपि यो उपायले अप्रिल ९ मा समाप्त हुने रमजानको समयमा युद्धविरामसँगको मागलाई जोड्दैन ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रूस र चीनले शुक्रबार भिटो लगाएपछि पछिल्लो प्रस्तावमा मतदान भएको हो । 


Advertisment
Nabil box
Kumari

सोमबार स्वीकृत भएको प्रस्तावले अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा शत्रुता रोक्नका लागि जारी वार्तामा चोट पुर्याउन सक्ने अमेरिकाले चेतावनी दिएको छ । यसबाट यसपटक अमेरिकीहरूले अर्को भिटो लगाउने सम्भावना बढाएको छ । दश निर्वाचित परिषद्का सदस्यहरूले प्रस्तुत गरेको प्रस्तावलाई रुस, चीन र राष्ट्रसङ्घमा २२ मुलुकको अरब समूहको समर्थन छ । 

Vianet communication

अरब समूहले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा सुरक्षा परिषद्का सबै १५ सदस्यसँग ‘एकता र तत्परताका साथ काम गर्न’ र ‘रक्तपात रोक्न, मानव जीवनको रक्षा गर्न र थप मानवीय पीडा र विनाश रोक्न’ प्रस्तावको पक्षमा मतदान गर्न अपिल गरिएको छ । 

रमजान आगामी महिना समाप्त हुने भएकाले युद्धविरामको माग दुई साता मात्रै रहनेछ । यद्यपि मस्यौदा प्रस्तावमा ‘स्थायी दिगो युद्धविराम हुनुपर्छ’ भनिएको छ । 

युद्ध सुरु भएदेखि सुरक्षा परिषद्ले गाजामा बिग्रँदो मानवीय स्थितिमा दुई प्रस्ताव पारित गरेको छ तर कुनै पनि प्रस्तावले युद्धविरामको आह्वान गरेका छैनन् । 

गाजाले गम्भीर मानवीय आपतकालको सामना गर्नुपरिरहेको छ । मार्च १८ मा भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय प्राधिकरणको रिपोर्टमा उत्तरी गाजामा ‘भोकमरी आसन्न रहेको’ र युद्धको वृद्धिले यस क्षेत्रका २३ लाख मानिसमध्ये आधा भोकमरीको छेउमा पुग्नसक्ने बताइएको छ । 

अमेरिकाले गाजामा युद्धविरामको माग गर्ने तीन वटा प्रस्तावलाई भिटो लगाएको छ । पछिल्लो प्रस्ताव फेब्रुअरी २० मा अरब समर्थित उपाय हो । उक्त प्रस्तावलाई एक बहिष्कारका साथ १३ सदस्यले समर्थन गरेका थिए । उक्त प्रस्तावमाथिको मतदानले युद्धविरामका लागि व्यापक समर्थनलाई प्रतिविम्बित गर्दछ । 

रुस र चीनले अक्टोबरको अन्त्यमा अमेरिका प्रायोजित प्रस्तावमा भिटो प्रयोग गरेका थिए । रुस र चीनले उक्त प्रस्तावले युद्धविरामको विश्वव्यापी आह्वानलाई प्रतिविम्बित नगर्ने बताएका थिए । 

दुवै मुलुकले शुक्रबार अमेरिकी प्रस्तावलाई पुनः भिटो लगाएका थिए । उनीहरूले उक्त प्रस्ताव अस्पष्ट भएको र युद्ध अन्त्य गर्ने सिधा माग नभएको बताएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x