×

NMB BANK
NIC ASIA

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

काठमाडाैं | चैत २०, २०८०

NTC
Premier Steels

एजेन्सी–गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले सोमबार बताएका छन् । 

Muktinath Bank

‘मानिसहरूलाई उपचार गर्न र अस्पतालको अवस्था बुझ्न मद्दत गर्न सकियोस् भनी हामी जतिसक्दो चाँडो अस्पताल जाने योजना बनाइरहेका छौँ,’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच मध्य गाजास्थित अल अक्सा अस्पतालमा आइतवार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को एक टोलीले मानवीय सहायता अभियान सञ्चालन गरिरहेको बेला अस्पताल परिसरभित्र रहेको शिविरमा इजरायली हवाई आक्रमण भएको थियो । घटनामा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।


Advertisment
Nabil box
Kumari

उनले इजरायली रक्षा बलले अल शिफा अस्पताल परिसर खाली गरेको भन्ने समाचार आएपछि यो कदम चालिएको बताएका हुन् । 

Vianet communication

इजरायली सरकारबाट द्वन्द्व कम गर्न र उचित सुरक्षा आश्वासनको प्रतिक्षा डब्लूएचओले गरिरहेको प्रवक्ताले बताए । 

डब्लूएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयेससका अनुसार उनीहरूले प्राप्त गरेको सूचना निकै निराशाजनक रहेको दुजारिकले बताए । 

प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लूएले गाजा प्रवेश गर्ने मानवीय सामग्रीको परिमाणमा कुनै उल्लेखनीय परिवर्तन नभएको वा उत्तरमा पहुँचमा सुधार नआएको जनाएको छ । मार्च १ देखि ३० सम्म दैनिक औसत १५९ सहायता ट्रक गाजा प्रवेश गरेका छन् । 

बिहीवार सबैभन्दा बढी २६४ ट्रक गाजामा प्रवेश गरेका थिए । यो दैनिक ५०० ट्रक सञ्चालन लक्ष्यभन्दा निकै कम रहेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x