×

NMB BANK
NIC ASIA

भृकुटीमण्डप खुला बजारमा पातलिए ग्राहक

काठमाडाैं | चैत २०, २०८०

NTC
Premier Steels

 “गर्मी चढ्यो, शीतल लुगा यता पाइन्छ”, भृकुटीमण्डपका व्यापारी मानदेव मगरले यसै गरी ग्राहक बोलाउँछन् । तर, उनको आवाज सुनेर पसलसम्म सामान किन्न आउने ग्राहक खासै छैनन् । घाँटी सुक्ने गरी कराउँदासमेत व्यापार नहुँदा उनी खिन्न छन् । “चिच्याएर मात्रै के गर्नु मान्छे आउँदैनन्”, उनले भने, “गर्मी सुरु भइसक्यो ग्राहक छैनन् ।”

Muktinath Bank

स्टल नं. १२१ का व्यापारी मगरले कोभिड महामारीको चर्को मार त खेप्नुभएकै थियो, आर्थिक मन्दीको तितो अनुभव अहिले भोगिरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत र वैशाख महिना भृकुटीमण्डपमा सबैभन्दा राम्रो व्यापार हुने मौसम हो । यो समयमा जाडोको लुगा थन्काएर गर्मीका लुगा किन्न आउने मान्छेको घुइँचो हुने गर्थ्यो । तर अहिले त्यस्तो अवस्था नरहेको मगरले सुनाए । 


Advertisment
Nabil box
Kumari

निम्न वर्गीय समुदायले किनमेल गर्ने बजारका रुपमा परिचित काठमाडौँ उपत्यकाको भुकृटीमण्डप खुला बजारमा आर्थिक मन्दीको प्रभाव परेको छ । सात  सयभन्दा बढी पसल रहेको बजारमा जु्त्ता, चप्पल, लत्ताकपडा, भाडा, इलेक्ट्रोनिक, कस्मेटिकलगायत सामग्रीको व्यापार हुन्छ । लकडाउन अघि दैनिक रु २० देखि २५ हजारको व्यापार हुने गर्थ्यो । अहिले त्यो बेलाको तुलनामा ५० प्रतिशत व्यापार घटेको व्यापारी बताउँछन् । 

Vianet communication

प्रति स्क्वायरफुट महिनाको रु ६८ ले भाडा तिर्नुपर्छ । व्यापार नभएकै कारण एक हजार चार सय स्टल व्यापारी घटेर सात सयको हाराहारीमा पुगेको काठमाडौँ निम्न व्यापारी सङ्घका सचिव ध्रुव ढकालले जानकारी दिए । उनका अनुसार आर्थिक मन्दीको प्रभाव भृकुटीमण्डप खुला बजारमा देखिएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x