०३ साउन २०८३, आइतबार

२३ औं वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले गर्‍यो रक्तदान कार्यक्रम

चैत २३, २०८०
काठमाडौं
२३ औं वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले गर्‍यो रक्तदान कार्यक्रम

कुमारी बैंक लिमिटेडले आफ्नो २३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त  गरेको छ ।

बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ ।

वार्षिकोत्सवको अवसरमा गरिएको कार्यक्रममा १४५ जनाले रक्तदान गरेका बैंकले जनाएको छ ।

यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान पुग्ने बैंकको विश्वास छ ।

यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्त्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’  पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ ।

यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मदत पुर्‍याएको छ ।

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्य शक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ ।

यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैंका लागि’ भन्ने मूल उद्देश्य भित्र रहेर आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ६६ शाखारहित बैंकिङ्ग सुविधा तथा ५० एक्स्टेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू प्रवाह गर्दै आएको छ ।

आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ्ग जगतलाई डिजिटल बैंकिङ्ग तर्फ अग्रसर गराउन कुमारी बैंक लिमिटेड प्रतिबद्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्