×

NMB BANK
NIC ASIA

युक्रेनलाई थप प्याट्रियट सिस्टम पठाउँदै जर्मनी

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels

फ्राङ्कफर्ट–जर्मनीले युक्रेनको कडा दबाबमा परेको सेनालाई बलियो बनाउन र बढ्दो रुसी हवाई आक्रमणलाई रोक्न मद्दत गर्न युक्रेनमा थप ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाउने शनिवार बताएको छ ।

Muktinath Bank

‘युक्रेनी शहरहरू र मुलुकको पूर्वाधारविरुद्धको रुसी आतङ्कले असह्य पीडा निम्त्याइरहेको छ,’ जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले उक्त कदमको घोषणा गर्दै भने, ‘यसले जनताको ऊर्जा आपूर्तिलाई खतरा पुर्याइरहेको छ र युक्रेनी सशस्त्र बलहरूको परिचालन तयारीलाई नष्ट गरिरहेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जर्मनीले युक्रेनलाई आपूर्ति गरेको यो तेस्रो प्याट्रियट सिस्टम हुनेछ । रक्षा मन्त्रालयले युक्रेनी सरकारको अनुरोध र सहयोगीहरूँगको समन्वयमा यस्तो निर्णय लिइएको बताएको छ । 


Advertisment
Nabil box
Kumari

जर्मन चान्सलर ओलाफ सोल्सले शनिवार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फोनवार्तामा ‘ठूलो मात्रामा र विशेषगरी नागरिक ऊर्जा पूर्वाधारमा जारी रुसी हवाई हमलाको सामना गर्दै युक्रेनसँग आफ्नो अटुट ऐक्यबद्धता’ को पुष्टि गर्नुभएको जर्मन सरकारका एक प्रवक्ताले बताएका छन् । 

Vianet communication

जर्मनीले नयाँ प्याट्रियट सिस्टमको डेलिभरीमाथि छलफल गर्नुका साथै सोल्स र जेलेन्स्की युक्रेनको हवाई रक्षाको प्रवर्द्धन गर्नका लागि ‘साझेदारहरूबाट थप प्रयासहरू पनि आवश्यकता छ’ भन्ने कुरामा सहमत भएको प्रवक्ताले बताए । 

विदेशी सहयोगको कमीका साथै पुरुष र गोलाबारुदको अभावका कारण मस्कोको सेनाविरुद्ध युद्ध मैदानमा किएभले सङ्घर्ष गरिरहेको बेला जर्मनीको यस्तो घोषणा आएको हो । रुसले युक्रेनमाथि हवाई हमला बढाइरहेको छ । बिहीवार मस्कोले युक्रेनको ऊर्जा संयन्त्रहरूमा हमला गरेर किएभ क्षेत्रमा एउटा विद्युत् स्टेसनलाई नष्ट गरेको थियो । 

सन् २०२२ मा युक्रेनमा युद्ध शुरू भएपछि जर्मनीले परम्परागतरूमा शान्तिवादी अडान त्यागेको छ र अमेरिकापछि युक्रेनलाई सैन्य सहायताका लागि दोस्रो सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ । यद्यपि अमेरिकी कांग्रेसमा राजनीतिक खिचातानीका कारण किएभका लागि अमेरिकी सहायताको महत्त्वपूर्ण प्याकेज रोकिएको छ । 
    
प्याट्रियटका साथै बर्लिनले तोपखानादेखि लिएर बख्तरबन्द लडाकू सवारीसम्म अन्य हतियारको एउटा विस्तृत शृङ्खला आपूर्ति गरेको छ । रक्षा मन्त्रालयका अनुसार जर्मन सैन्य भण्डारबाट नयाँ प्याट्रियट सिस्टम हस्तान्तरण तुरुन्त शुरू हुनेछ । 

जर्मनीले युक्रेनलाई अर्बौं युरोको सैन्य आपूर्ति गरे पनि लामो दूरीको टोरस मिसाइलहरूको आपूर्तिलाई अनुमति दिन अस्वीकार गरेका कारण हालैका महिनामा चान्सलर सोल्स आलोचनामा परेका छन् । ती मिसाइलहरूको रुसभित्र गहन लक्ष्यमा प्रहार गर्न प्रयोग हुनसक्ने जर्मनीलाई डर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x