×

NMB BANK
NIC ASIA

इरानको टिप्पणी– सिरिया आक्रमणको जवाफबाट यहुदीहरू पूर्णरूपमा आतङ्कित भएका छन्

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels

तेहरान–सिरियामा भएको हमलामा आफ्नो रिभोल्युसनरी गार्डका सदस्यहरू मारिएपछि इरानका तर्फबाट सम्भावित प्रतिशोधको प्रतिक्रियाले इजराइल आतङ्कित बनेको इरानका सर्वोच्च नेताका एक सल्लाहकारले शनिवार टिप्पणी गरेका छन् । 

Muktinath Bank

‘यहुदीहरू पूर्णरूपमा आतङ्कित बनेको र सतर्क अवस्थामा रहेको एक साता भएको छ,’ सर्वोच्च नेता आयातुल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार याह्या रहिम सफभीको भनाइ उद्धृत गर्दै आइएसएनएले भनेको छ, ‘इरानले के गर्न खोजेको छ भन्नेबारे उनीहरूलाई थाहा छैन, त्यसैले उनीहरू र उनीहरूका समर्थक भयभीत भएका छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरानले अप्रिल १ मा दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्यको मृत्यु हुनेगरी सिरियाको राजधानी दमास्कसमा वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजराइललाई दोष दिँदै हमलाको बदला लिने वाचा गरेको छ । 


Advertisment
Nabil box
Kumari

यस घटनामा कुनै टिप्पणी नगरेको इजराइलले हमलापछि आफ्ना सेनाले बिदा निलम्बनको घोषणा गरेको बताएको छ । अधिकारीहरूले हवाई सुरक्षा सञ्चालन गर्नका लागि जनशक्ति बढाउन र जगेडा सैनिकहरू तयार गर्ने फैसला गरेको सेनाले बताएको छ ।  

Vianet communication

सफभीले भने, ‘यो मनोवैज्ञानिक सञ्चारमाध्यम र राजनीतिक युद्धका लागि युद्धभन्दा पनि भयानक छ, किनकि इजराइल प्रत्येक रात हमलाको प्रतीक्षा गरिरहेको छ, तीमध्ये धेरै भागेका छन् र आश्रयमा गएका छन् ।’

बेलायतस्थित युद्ध निगरानीकर्ता सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले अप्रिल १ मा भएको हमलामा १६ जना मारिएको बताएको छ । मृतकहरूमा जनरल मोहम्मद रजा जाहेदी र मोहम्मद हाजी रहिमी पनि थिए । उनीहरू आइआरजिसीका विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर थिए । 

सन् २०२० मा बगदाद विमानस्थलमा अमेरिकाको मिसाइल हमलामा कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि मारिएका ६३ वर्षीय जाहेदी सबैभन्दा वरिष्ठ इरानी सैनिक थिए । 

दमास्कसमा भएको हमला गाजा युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजराइलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको ज्यान गएको थियो । 

तेहरानले हमासलाई समर्थन गर्दछ तर उसले हमलामा कुनै पनि प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । हमासको हमलापछि गाजा क्षेत्रमा हमासविरुद्ध ठूलो मात्रामा इजराइली जवाफी कारवाहीलाई जन्म दिएको छ । इरानले इजराइललाई मान्यता दिँदैन र दुवै मुलुकले वर्षौंसम्म छायाँ युद्ध लडेका छन् । 

इरानले इजराइलमाथि उसको आणविक कार्यक्रमलाई निशाना बनाउँदै तोडफोड र हत्याहरूको शृङ्खला चलाएको आरोप लगाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x