मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बुटवल | बैशाख ३, २०८१
रुपन्देहीको बुटवल–भैरहवा ‘सिक्स लेन’ सडक खण्डको दायाँ-बायाँका रुख काटछाँट गरिएको छ ।
हरियाली, शीतलता र छहारी चाहिने गर्मीको समयमा तिलोत्तमा नगरपालिका भित्र पर्ने योगीकुटीदेखि नयाँ मिलसम्मका रुख बेमौषममा ‘थिनिङ’ गरिँदा पालिकाको चर्को आलोचना भएको छ ।
सडकलाई सुन्दर बनाएका रुख वसन्तको पालुवामै निमोठिएपछि स्थानीयले नगरपालिकाको कार्यप्रति असन्तुष्टि पोखेका छन् ।
तिलोत्तमा नगरपालिकाका वातावरण अधिकृत गोरख खनालले ठूला र अग्ला रुखलाई एउटै साइजमा ल्याउने गरी कटान गरिएको बताए ।
‘काटछाँट गर्न केही दिन ढिलाई भएको पक्कै हो’, खनालले भने, ‘हामीले गलत नियतले रुख काटिएको होइन । हेर्दा राम्रो र आहा हुने गरी सबै रुख एउटै साइजमा बनाउन थिनिङ गरिएको हो । यसलाई अन्यथा लिन भएन ।’
स्टोनिया, वरपिपल, स्वामी, छतिवन, नीमलगायतका रुख काटिएका छन् ।
वातावरण क्षेत्रका जानकार युवराज कँडेलले गलत सिजनमा रुख विरुवा काटिएको बताए । ‘यि रुखहरू माघ वा फागुन महिनामा काट्नुपर्ने उनको भनाइ छ ।
अहिले काटेर सौन्दर्यीकरणमा ध्यान नदिइएको उनले बताए । 'सुपरिवेक्षण नगरी रुख काटिएका छन्, यसलाई रुखमा समस्या ल्याउँछ’, कँडेलले भने ।
तिलोत्तमा नगरपालिकाका पूर्वमेयर तथा एमाले सांसद वासुदेव घिमिरेले बेसिजनमा रुखहरू काटिएको आक्रोश पोखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘सुझबुझ कत्ति पनि देखिएन । हुर्काउन गाह्रो छ । तर छपछप गिँड्न सजिलो रहेछ । काटछाँट भनौं भने पनि यो धुपको समय उपयुक्त हुँदैहोइन ।’
घिमिरेको पालामा तिलोत्तमा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढेको थियो । बुटवल भैरहवा सडकको दायाँबायाँको हरियाली लोभलाग्दो छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...