मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडाैं | बैशाख १०, २०८१
सोउल–उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले सोमवार बताएको छ । उक्त मिसाइल प्योङयाङले यस वर्ष परीक्षण गरेको शृङ्खलामा पछिल्लो हो ।
दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले जापान सागर पनि भनिने जल क्षेत्रको नाम लिँदै भने, ‘उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात मिसाइल प्रक्षेपण गरेको छ ।’
टोकियोले पनि प्रक्षेपणको पुष्टि गरेको छ । जापानी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘उत्तर कोरियाबाट संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको थियो ।’ जापानको तटरक्षकले मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक घोषणाको लगत्तै उक्त मिसाइल पहिल्यै खसेको देखिएको बताएको थियो ।
सार्वजनिक प्रसारक एनएचकेलगायत जापानी सञ्चार माध्यमले अज्ञात सरकारी स्रोतहरूलाई उद्धृत गर्दै संदिग्ध मिसाइल जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको बताएका छन् ।
सोउलस्थित विशेषज्ञ साइट एनके न्युजले भनेको छ, ‘छोटो उडान समय, सम्भवतः १० मिनेटभन्दा कम, छोटो दूरीको ब्यालेस्टिक मिसाइल (एअआरबीएम) वा ६०० मिमी मल्टिपल लन्च रकेट सिस्टम (एमएलआरएस)को प्रक्षेपण भएको सङ्केत गर्दछ ।’
गत महिना रुसले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको अनुगमनलाई खारेज गरेपछि पछिल्लो प्रक्षेपण भएको हो । प्योङयाङको सहयोगी मस्कोले आफ्नो आणविक र हतियार कार्यक्रमका लागि किम जोङ उनको सरकारमाथि लगाइएको प्रतिबन्धको उल्लङ्घनको राष्ट्रसङ्घीय अनुगमनलाई प्रभावकारीरूपमा अन्त्य गर्न मार्चमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको थियो ।
उत्तर कोरियाले रणनीतिक क्रुज मिसाइलका लागि डिजाइन गरिएको ‘सुपर–लार्ज वारहेड’ को शुक्रवार परीक्षण गरेको राज्य मिडियाले बताएको छ । सोलको सेनाले उसले करिब सोही समयमा क्रुज मिसाइल प्रक्षेपण भएको पत्ता लगाएको पुष्टि गरेको छ ।
आफ्नो ब्यालेस्टिक समकक्षीहरूको विपरीत उत्तर कोरियामाथि हालको राष्ट्रसङ्घीय प्रतिबन्धअन्तर्गत क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैनन् । क्रुज मिसाइलहरू जेटद्वारा सञ्चालित हुन्छन् र अधिक परिष्कृत ब्यालेस्टिक मिसाइलहरूको तुलनामा कम उचाइमा उड्छन् । यसबाट तिनीहरूलाई पत्ता लगाउन र रोक्न कठिन हुन्छ ।
उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण गर्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् । उत्तर कोरियाली नेता किमले राष्ट्रसङ्घले प्रतिबन्ध लगाए पनि मस्कोमा हतियार पठाइरहेको वासिङ्टन र सोलको दाबी छ । प्योङयाङले युक्रेनमा प्रयोग गर्नका लागि हतियारले भरिएका करिब सात हजार कन्टेनर मस्कोमा पठाएको सोलले दाबी गरेको छ ।
धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ ।
उत्तर कोरियाले परीक्षणमा पनि तीव्रता दिएको छ । उसले अप्रिलको प्रारम्भमा नयाँ मध्यमदेखि लामो दूरीको ठोस इन्धन हाइपरसोनिक मिसाइलको परीक्षण गरेको दाबी गरेको छ ।
यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । पुनरमिलन र पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिमी’ क्षेत्रीय उल्लङ्घनमा समेत युद्धको धम्की दिएको छ ।
गत वर्ष उत्तर कोरियाले सन् २००६ देखि लागु राष्ट्रसङ्घीय प्रतिबन्धलाई बेवास्ता गर्दै तथा वासिङ्टन र सोलको चेतावनी भए पनि रेकर्ड सङख्यामा मिसाइल परीक्षण गरेको थियो । प्योङयाङले सन् २०२२ मा आफैँलाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न मुलुक घोषणा गरेको छ ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...