
शुक्रबारदेखि फिल्म ‘एक्टर’को छायांकन सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । पुजामा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का र नवनायिका दिव्या रायमाझी उपस्थित थिए ।
राजन भुसालको निर्देशन रहने फिल्ममा प्रदीप र दिव्यासँगै आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
फिल्मको केही दिनअघि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा वैदिक विधि अनुसार पूजापाठसमेत गरिएको थियो ।
पोखरामा फिल्मको छायांकन १० दिनसम्म हुनेछ । त्यसपछि एक महिनासम्म काठमाडौंमा छायांकन हुनेछ ।