०३ साउन २०८३, आइतबार

स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढी लाभान्वित

जेठ ४, २०८१
विराटनगर
स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढी लाभान्वित
फाइल तस्वीर

विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताएको छ ।​​​

नगरवासीलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

महानगरले बिहीबार नोवेल अस्पतालसँगको सहकार्यमा विराटनगर वडा नम्बर ४ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ४३ जनाले सेवा लिएका जनाएको छ ।

शिविरको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र वडा नम्बर ४ का अध्यक्ष जितन थापाले अनुगमन गरेका थिए ।

वडा कार्यालय नजिकको आधारभूत विद्यालयमा सञ्चालित शिविरमा त्यहाँ अध्ययनरत विद्यार्थीको पनि स्वास्थ्य परीक्षण गराएका थिए ।

महानगरले विराटनगरका–१९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्