
काभ्रेपलाञ्चोकमा धार्मिक एवं ऐतिहासिक स्थलहरूको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल र्यालीको आयोजना गरिएको छ ।
‘पनौती बाइक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको र्याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनः पनौती पुगेर समापन भएको थियो ।
धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताए । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न ली आयोजना गरिएको बताए ।
जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले जानकारी दिए ।
पनौती नगरपालिकाका प्रमुख (मेयर)रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्यालीको शनिबार शुभारम्भ गरेका हुन् । र्यालीमा दुई सय जना सहभागी थिए । –रासस–