०६ साउन २०८३, बुधबार
काठमाडौंमै बाढीको बितण्डा

दुःखमा सुकुम्बासी बस्तीः मध्यराति उर्लिन्छ भेल, बनाउँछ बेहाल [ड्रोन भिडियोसहित]

साउन १६, २०८१
काठमाडौं
दुःखमा सुकुम्बासी बस्तीः मध्यराति उर्लिन्छ भेल, बनाउँछ बेहाल [ड्रोन भिडियोसहित]

मंगलवार रातिदेखि नै अविरल वर्षा भएपछि काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीका कतिपय बासिन्दाको निद हराइसकेको थियो । मध्यराति १२ बजेपछि पानी झनै बढ्यो ।

null 

यो बेला केही सम्भावित खतरालाई मध्यनजर गर्दै जागराम बसेका थिए भने कति निदाइसकेका थिए ।
 

null

हेर्दाहेर्दा बागमतीको भेल सुकुम्बासी बस्तीका घरघरमै पसेपछि चारैतिर हल्लाखल्ला मच्चियो । 

null

सुतिरहेकाहरू उठे, अनि बालबच्चालाई उठाए । सकेको सामान पोको बनाएर केही अग्लो ठाउँमा त केही खाटमाथि राखे । एकैछिनपछि बाढीले घरभित्रका खाट–दराजसमेत डुबाइदियो ।

null 

 बिहान ४ बजे ब्युँझिदा पानी घरभित्रै छिरिसकेकाे पाइएकाे सुकुम्बासी बस्तीमा दुई दशकदेखि बस्दै आएकी माइली तामाङले बताइन् । ‘राति हेर्दा पानी पर्खालसम्म आइपुगेको थियो । बिहान ४ बजे ब्युँझिदा त घरभित्रै छिरिसकेछ,’ उनले भनिन् ।

null 

बागमतीको भेललाई माइलीले छेक्ने कोशिस गरिन् । तर उर्लिएको भेललाई छेक्न नसकिएको उनले बताइन् । 

null

‘टाउको लुकाउने ठाउँ बनाएर बसेको सबै भिज्यो,' कम्मरमा हात लगाएर कार्पेट धुँदै गरेकी माइलीले भनिन्, ‘बिहानदेखि पानी निकाल्दा र हिलो सोहोर्दै १२ बजिसक्यो । घरभित्र हिलैहिलो भइराछ । अझै सकिएको छैन ।’ 

null

‘कस्तो कम्मर नै दुखिसक्यो,’ उनले थपिन्, ‘राम्ररी सफा गर्न त चार–पाँच दिन नै लाग्छ होला ।’

null

माइलीले बाढीको बितण्डाबाट बच्चाहरूको कपडा र किताब–कापीसमेत जोगाउन नसकेको गुनासो गरिन् ।

null 

बुधवार बिहान लोकान्तर टीम सुकुम्बासी बस्ती पुग्दा कोही हिलो सोहोर्दै थिए, कोही घरभित्र पसेको पानी बाल्टीमा उठाएर बाहिर फाल्दै थिए ।

null

केही भने भिजेका खाट, डसना र कपडालगायत सामान घाममा सुकाउँदै थिए ।

null 

हिलाम्मे भएका दाल–चामल धोएर घाममा सुकाएका देखिन्थे । कतिपयले बालबच्चाका किताब, कपी बिस्कुन सुकाएजसरी सुकाइरहेको थिए ।

null 

बस्तीमा रातिदेखि नै बाढी पसेकाेमा बिहान ४ बजे मात्रै पानीको सतह घटेको सुकुम्बासी बस्ती थापाथलीका अध्यक्ष मीनबहादुर रानामगरले बताए । 

null

यसपाली सबै घरमा बाढी पसेको उनले जानकारी दिए । ‘डुबान पसेपनि रातभरि घरैमा बसियो, बाहिर पनि कहाँ जानु र ! जाने ठाउँ छैन । सरकारले पनि बेवास्ता गरेको छ,’ उनले विरह पोखे । 

यससम्बन्धी थप विवरण हेरौं ड्रोन भिडियोमाः  


 

salt training

कमेन्ट गर्नुहोस्