०३ साउन २०८३, आइतबार

हुन्डाई फेस्टिभ डिलाइट अफरका विजेतालाई पुरस्कार हस्तान्तरण

साउन १७, २०८१
काठमाडौं
हुन्डाई फेस्टिभ डिलाइट अफरका विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहारको उपलक्ष्यमा ल्याएको ’हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

उक्त अफरका विजेता सुनसरीका इन्द्रप्रसाद गुरागाईं, कुपन नम्बर ५३ लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्टर, नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

उक्त अफरअन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर छुटको व्यवस्था गरिएको छ ।  

त्यसैगरी स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एकजना विजेतालाई हुन्डाई एक्टर जित्ने मौका थियो ।

यस अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबूकबाट लक्की ड्रमार्फत २०८१ असार ३१ गते गरिएको थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।


 

salt training

कमेन्ट गर्नुहोस्